दक्षिण कोरियाली कम्पनी हुन्डाईले बजारमा ल्याएको कोना इलेक्ट्रीकको माग अत्याधिक बढ्दै गएको छ । कम्पनीले नेपाली बजारमा समेत बिक्री–वितरण सुरु गरेको अल इलेक्ट्रीक क्रसओभर कोनाले निकै राम्रो बजार पाइरहेको छ ।
यद्यपि, विश्वबजारमा मागभन्दा उत्पादन कम भएपछि यसको वेटिङ्ग–पिरीयण भने लामो भएको छ । कम्पनीले कोरियाको प्लान्टबाट मात्रै उत्पादन गर्दैआएको आफ्नो पछिल्लो क्रसओभर–कोना अब भने अमेरिकी, यूरोपियन र भारतीय बजारमा समेत उत्पादन गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
अमेरिकी बजारमा उच्च माग आएसँगै मासिक ५५०० हाराहारीमा उत्पादन हुँदैआएको कोनाको माग भने दोब्बर भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
नेपाली बजारमा गत महिना सार्वजनिक भएको कोना ४० युनिट आएको हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले जानकारी दिएको थियो । उक्त गाडी चार दिनमा पूरै सोल्डआउट भएबाट पनि अन्तर्राष्ट्रिय बजारमा यसको मागलाई आँकलन गर्न सकिन्छ ।
कम्पनीले दुईवटा मोटर अप्सनमा ल्याएको कोनाले ४५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।


