असार ३१ गतेसम्म हुन्डाईका गाडी किन्दा अफर पाइने

काठमाडौं । हुन्डाईका गाडीमा दिइएको नयाँ वर्ष अफर असार मसान्तसम्म पाइने भएको छ । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नयाँँ वर्षको अवशरमा ल्याएको ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ स्कीमलाई आगामी असार मसान्तसम्म बढाएको हो । पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ बैंशाख, २०७८ सम्म रहेको थियो । तर, कोभिड १९को कारण निषेधाज्ञा भएसँगै एक दिनअघि यो योजना स्थागित भएको थियो ।

अहिलेको कठिन समयमा ग्राहकलाई केही नयाँ स्कीम दिनु पर्ने अवस्था रहेको भन्दै कम्पनीले नयाँ वर्ष स्कीमलाई नै बढाएर ८ असारदेखि ३१ असार २०७८ सम्म पुनः सुचारु गरेको जनाएको छ ।

‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहक महानुभावहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस र १ वर्षको बीमा सुविधा प्राप्त गर्ने छन् ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले आफ्ना सबै शोरुम तथा सर्भिस सेन्टरहरुमा कोभिड-१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिरहेको जनाएको छ ।

हुन्डाईले नेपालभर १३ शोरुम तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्छ ।


Back_to_top