आन्तरिक उडान खुल्ने, सार्वजनिक यातायातमा अझै अन्योल

काठमाडौं । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान मापदण्ड तोकेर खुल्ला गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । कहिलेबाट आन्तरिक उडान गर्ने भन्ने मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

भोलि बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय जुटेको छ । सरकारले अन्तर्राष्ट्रिय उडानसमेत थप गर्ने निर्णय गरेको छ ।
तर, सार्वजनिक यातायात संचालनमा ल्याउने विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।


Back_to_top