काठमाडौं । हुन्डाई मोटर्सको नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टकन्टिनेन्टल्स प्रालिले ‘रोड टु रसिया’को विजेता छनोट गरेको छ ।
कम्पनीले विश्वमै सबैभन्दा प्रख्यात र लोकप्रिय खेल फुटबल प्रतियोगिताको फिफा वल्र्ड कपलाई लक्षित गरेर यो योजना आफ्ना पुराना र नयाँ ग्राहकहरुको लागि ल्याएको थियो ।
उक्त योजना अन्तगर्त फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट विजेताको घोषणा, हुन्डाईको थापाथली शोरुममा सम्पन्न भएको छ । उक्त लक्की ड्रबाट पुराना हुन्डाईका ग्राहकबाट २ जान र नयाँबाट २ जान गरि ४ जना छनोट गरेको छ ।
लक्की ड्र कार्यक्रममा कन्ज्युमर आई नेपालका अध्यक्ष, बिमला खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । उक्त लक्की ड्रमार्फत् पुराना ग्राहकबाट रानीपौवा, पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लाल बहादुर गुरुङ विजेता भएका छन् ।
त्यसैगरी नयाँ ग्राहकहरु मध्य भरतपुर, ५ चितवन निवासी बिनोद कुमार भट्ट र दमक निवासी गोपाल अग्रवालले रसिया जाने अबसर प्राप्त गरेका छन् ।
रसिया जाने अबसरको साथै हरेक हुन्डाई कारको खरिदमा ४३ वा ५५ इन्चसम्मको सामसङ स्मार्ट एलइडी टिभी अन्य विजेतालाई प्रदान गरिएको थियो ।
यस योजनाका ४ जना विजेताले फिफा विश्वकप २०१८को फाइनल खेललाई रसिया गएर प्रत्यक्ष हेर्ने अवसर पाउने छन् । उक्त अविश्वसनीय खेल हेर्न पाउने विजेताको हवाई टिकेट र बसाई खर्चलगायतको सम्पूर्ण खर्च कम्पनीले ब्यर्होने छ ।
कम्पनीले फुटबलका फ्यानहरुलाई अद्भभुत र रोमाञ्चक अनुभव प्रदान गर्दै हुन्डाई मोटर विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध रहेको जनाएको छ ।