यसरी लञ्च भयो टिभीएसको रेसिङ वाइक, मूल्य ३ लाख २५ हजार (भिडियोसहित)

काठमाडौं । नेपालका लागि टिभिएस मोटर्सको आधिकारीक बितरक जगदम्बा मोटर्सले टिभीएस अपाची ‘आरटिआर २००-४ भि रेसिङ’को नयाँ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ ।  

उक्त बाइकको सार्वजनिक कलाकार आयुषमान देशराज श्रेष्ठ र नेपाली युटुबर गिरिस खतिवडालगायतको उपस्थितिमा सार्वजनिक गरिएको हो । मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइसप्रेसिडेन्ट दिपक कुमार अग्रवालले नयाँ अपाचीले नेपाली बजारमा एउटा छुट्टै स्थान हाँसिल गर्ने जानकारी दिए ।

 

कम्पनीको प्राथमिकता बाइकको परर्फमेन्स भएकाले त्यसको गुणस्तरमा कुनै सम्झौंता नभएको उक्त लन्चिङ कार्यक्रमका लागि भारतबाट आएका टिभीएस कम्पनीका इन्टरनेशनल मार्केटिङ डिभिजनका सिनियर भाइसप्रेसिडेन्ट आर दिलिपले दाबी गरे । 

‘आरटिआर २००-४भि रेसिङ’ एडियनमा टिभीएसले फ्लाई स्क्रिन, नयाँ ग्राफिक्सका साथै एन्टी रिजर्भ टर्क युनिट जडान गरेको छ । नयाँ विशेषताको साथमा बजारमा आएको अपाची ‘आरटिआर २००–४भि रेसिङ’ धेरै अफोर्डेबल मोटरसाइकलको रुपमा लिइन्छ । 

कम्पनीले यसको मूल्य नेपाली बजारमा ३ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । 

१९७.७५ सीसी सिङगल सिलिन्डर इन्जिन दिइएको यस बाइकले ८५०० आरपीएममा २०.५ पीएस पावर र ७००० आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ ।  


Back_to_top