हुन्डाई मोटरले न्यूर्योक अटो शोमा ग्लोवल लञ्च गर्न लागेको आफ्नो नयाँ कम्प्याक एसयूभी भेन्युको एक्स्टेरियरको होडिङ बार्ड लगाएको छ ।
न्यूर्योक स्क्वायरमा लगाइएको हुन्डाई भेन्यूको फोटो ट्विटरका प्रयोगकर्ता एड किमले पोष्ट गरेसँगै संसारभर भेन्युको चर्चा चुलिएको छ । बिभिन्न मनोरञ्जन र सेफ्टी फिचरले सजिएको भेन्युमा ब्लुलिंक टेक्नोलोजीको प्रयोग भएको छ ।
भेन्युलाई कम्पनीले संसारका थुप्रै बजारमा बिक्री गर्ने जनाईसकेको छ । यसलाई मिडिया रिलिजको रुपमा आगामी बुधबार भारतमा पनि सार्वजनिक गरिने छ ।
यद्यपी ग्लोवल स्पेक र भारतीय स्पेकमा साईजमा भने केही फरक हुनसक्ने अनुमान गरिएको छ । भारतमा यसलाई सब–फोर मिटर एसयूभीको रुपमा उत्पादन गरिने छ । यसको सिधा प्रतिस्पर्धा मारुती सुजुकी भिटारा ब्रेजा, महिन्द्रा एक्सयूभी–३००, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन जस्ता गाडीसँग हुने आँकलन गरिएको छ ।

