आइएमई मोटर्सले दसैं तिहार फेस्टिव बिजेतालाई दियो सुन

काठमाडौं । आइएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमई मोटर्सले अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गतका बिजेतालाई पुरस्कार हस्तान्त्रण गरेको छ । 

अशोक लेलैंड १६१६ आईएल कारगो क्याब टिप्पर १ थान खरिदमा सुधन बरदेवा लाई ३० ग्राम सुन, १६१६ आईएल एसएफटीजी टिप्पर ८ थान खरिदमा उच्चकोटी निर्माण सेवालाई २५० ग्राम सुन, १६१६ आईएल एसएफटीजी टिप्पर १ थान खरिदमा लट्टीनाथ निर्माण सेवालाई ३० ग्राम सुन हस्तान्त्रण गरेको छ । साथै, यू २५१८ एसएफटीजी टिप्पर २ थान खरिदमा उदय सागर निर्माण सेवालाई ६० ग्राम सुन हस्तान्तरण गरेको छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो, अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । 

अशोक लेल्याण्डका यात्री बसहरु १८ सिटदेखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् । अशोक लेल्याण्डका ट्रक ७.५ टनदेखि ४९ टनसम्म भारबोक्ने विकल्पहरु उपलब्ध छन् । 


Back_to_top