नयाँ रेकर्ड बनाउँदै भारतीय कार बजार

काठमाडौं । जनसंख्याको हिसावले विश्वकै सबैभन्दा ठूलो देश भारतमा कार बिक्री तिब्र गतिमा बढेको छ । सन् २०१८ पछि लगातार दुई वर्ष घटेको भारतीय कार बजार लगातार तीन वर्ष उच्च वृद्धि गर्न सफल भएको हो ।

सन् २००४ को तथ्यांक हेर्ने हो भने भारतमा वार्षिक १० लाख कार बिक्री हुन्थ्यो । त्यो बढेर २०१२ सम्म आइपुग्दा वार्षिक २६ लाख यूनिट पुगेको थियो । सन् २०१८ मा ३३ लाख ५० हजार यूनिट कार बिक्री भएको भारतमा सन् २०२० लाई खराब वर्षको रुपमा लिइन्छ ।

त्यसपछि भारतीय अटोमोवाइल बजारले भी सेपमा ‘रिकभरी’ गर्दै सन् २०२१ मा ३० लाख ७७ हजार, सन् २०२२ मा ३७ लाख ८४ हजार र सन् २०२३ मा ४१ लाख यूनिट कार बिक्री गर्न सफल भएको हो ।

पछिल्ला १९ वर्षमा सन् २०१२, २०१९ र २०२० मा मात्रै बिक्री घटेको छ । नत्र निरन्तर उकालो बाटोमा कारबजार रहेको छ । विश्व अटोमोवाइल क्षेत्रको प्रक्षेपण अनुसार आगामी दुई दशक भित्र भारत विश्वको ठूलो कार बजार बन्नेछ ।


Back_to_top