रसुवागढीमा बाढीले १ अर्ब क्षति पुर्याएको भन्दै बीमा दाबी, कति गाडीको पर्यो ?

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले रसुवामा झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको भन्दै बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल ९८ करोड ५९ लाख ८२ हजार १५६ रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।

जसमा मोटर बीमा अन्तर्गत ५८ वटा गाडीको क्षति पुगेको भन्दै ९ करोड १३ लाख ५२ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

हालसम्म ४२ वटा सार्वजनिक सवारी साधनमा ३ करोड ५५ लाख ५२ हजार ५०० रुपैयाँ र १६ वटा निजी सवारी साधनमा ५ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।

बाढीले ३५ वटा ईभी, २४ वटा मालबाहक कन्टेनर र ६ वटा मालवाहक ट्रक बगाएको थियो । बगाएका सबै ईभीको भन्सार जाँचपास नभएकाले मोटर बीमा भएको थिएन् । ती ईभीको सामुद्रिक बीमा गरिएको हुन्छ । सामुद्रिक बीमा अन्तर्गत कुल २२ करोड ४ लाख २९ हजार रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ ।


Back_to_top