पाँच बर्षमा १२०% प्रतिफल दियौं, चाँडै नेप्सेमा कारोवार सुचारू हुन्छ: गंगाराज भट्टराईको अन्तर्वार्ता

बिगत ५ बर्षदेखि नेपाल ल्युव आयल लिमिटेडको ब्यवस्थापनलाई नेतृत्व गरिरहेका गंगाराज भट्टराईले नेतृत्व सम्हालेसँगै कम्पनीको ब्यवसाय, नाफा र उत्पादन सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । बिगतमा सरकारी संस्थानको रुपमा संचालित यस संस्था निजी करणसँग अझै राम्रोसँग ब्यवसाय बिस्तार गर्ने कम्पनीमा परेको छ । नेपालमा लुब्रिकेन्टको बजार, अन्य देशबाट आउने ल्युव र सरकारी नीतिलगायतका बिषयमा भट्टराईसँग मेरोअटो डटकमले गरेको कुराकानीको सारसंक्षेपः

आर्थिक बर्षको अन्त्यमा आईपुगेका छौ, समग्रमा यस आर्थिक बर्षमा कम्पनीको ब्यवसाय कस्तो रह्यो ?

नेपाल ल्युवको लागि यो आर्थिक बर्ष निकै राम्रो रह्रयो । आयात गरेर बिक्री गरिरहेका सबै कम्पनीलाई हामीले उछिनेका छौं । अहिले बजारमा पाउने सबै उत्पादनलाई हामीले प्रतिस्पर्धामा उछिनेका हौं । समग्रमा यो आर्थिक बर्षमा हामीले २ हजार ६०० किलोलिटर लुब्रिकेन्ट बिक्री गर्न सफल भएका छौं । अहिले बार्षिक २४ हजार किलोलिटर लुब्रिकेन्टको माग रहेको छ । यस्तोमा हामीले झण्डै ११ प्रतिशतको हाराहारीमा बजार हिस्सा ओगट्न सफल भएका छौं ।  

अन्तर्राष्ट्रिय मापदण्ड विश्वभरी एउटै हुने भएकाले हामीले त्यही मापदण्ड अनुसारको ल्याब यहाँ बनाएका छौं । यो कुरा सरकारी निकाय र अन्य स्वदेशी उत्पादकहरुलाई समेत थाहा छ ।

अहिले करिब ३५ प्रतिशतको हाराहारी बजार नेपाली उत्पादनले ओगटेको छ भने, बाँकी ६५ प्रतिशत बजार हिस्सा अझै आयातीय लुब्रिकेन्टको रहेको छ । नेपाली उत्पादनको बजार हिस्सा कम हुनुमा मुख्य बाधक भन्सार दर रहेको छ । हामीले ल्याउने कच्चापदार्थ र तयारी रुपमा आउने लुब्रिकेन्टको भन्सार दरमा १५ प्रतिशतको मात्रै फरक रहेको छ । हामीले ल्याएको कच्चा पदार्थको प्रयोगबाट उत्पादन गर्ने लुब्रिकेन्टले आयातितसँग प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन । हाम्रो कष्ट अफ प्रडक्शन निकै महंगो छ । त्यसले १५ प्रतिशतको फरकसँग प्रतिस्पर्धागर्न कठिन छ । स्थानीय उद्योगलाई प्राथमिकता दिने भन्ने बिषयमा सरकार गम्भिर नभएको भान हुन्छ ।

त्यसो भए आयातित उत्पादनसँग कसरी प्रतिस्पर्धा गरिरहनु भएको छ ?

हामीले स्वदेशी लुब्रिकेन्ट उत्पादकहरुको एउटा संस्था बनाएका छौं । त्यसले नेपाली उत्पादनलाई कसरी सबैको पहुँचमा पुर्याउने, सरकारी तवरबाट यो क्षेत्रको विकासमा के कस्ता कदम चाल्नु पर्छ लगायतका बिषयमा सरकारसँग कोअडिनेशन गरेर कामगर्ने छौं । भोलिका दिनमा स्वदेशी उत्पादनको प्रवर्दन र विकासमा सामुहिकरुपमा अगाडि बढ्ने हाम्रो प्रयास हो । अहिले हाम्रा स्वदेशी कम्पनीले लगानी अनुसारको प्रतिफल पाउन सकिरहेका छैनन् । अहिले सबै स्वदेशी कम्पनीले आफ्नो मार्जिनलाई निकै तल्लो बिन्दुमा राखेर कामगरी रहेको अबस्था हो । थोरै माग र महंगो लागतले अहिले स्वदेशी उद्योगहरु मारमा परेका छन् ।

अहिले नेपालको लुब्रिकेन्टको बजार ८ अर्ब हाराहारीको रहेको अनुमान गर्न सकिन्छ । यति ठुलो बजारको गुणस्तर परिक्षण नहुनु भनेको निकै कमजोर बिषय हो ।

स्वदेशी कम्पनीहरुले बजारमा कसरी मार्केटिङ गरिरहेका छन् ?  

सबैको एउटै तरिका हो, सबैले आ–आफ्ना उत्पादन राम्रो रहेको दाबी गर्ने गरेका छन् । अर्को मुख्य कुरा स्किम कस्तो दिन सकिन्छ भन्नेतर्फ कम्पनीहरु केन्द्रित रहेका छन् । केही कम्पनीले स्किमहरुसमेत कटाएर कसरी मूल्य कमगर्न सकिन्छ भनेर प्लान गरिरह्का छन् । सबैको आ आफ्नो तरिका रहेको छ । 

गुणस्तरको कुरा गर्नुभयो, कसको गुणस्तर कस्तो भनेर जाँचगर्ने त्यस्तो कुनै संयन्त्र छ र ?

सरकारी निकायमा त्यस्तो सुविधा सम्पन्न प्रयोगशालाहरु स्थानपना भइसकेका छैनन् । तर, हामी उत्पादकले आफ्नो कम्पनीको क्वालिटीलाई कायम राख्न त्यस्ता ल्यावहरु स्थापना गरेका छौं । नेपाल ल्युव गल्फ लुब्रिकेन्टको अन्तर्राष्ट्रिय फेन्चाइज कम्पनी हो । यसको अन्तर्राष्ट्रिय मापदण्ड विश्वभरी एउटै हुने भएकाले हामीले यसको मापदण्ड अनुसारको ल्याब यहाँ बनाएका छौं । यो कुरा सरकारी निकाय र अन्य स्वदेशी उत्पादकहरुलाई समेत थाहा छ ।

अहिले बाहिरबाट ल्याउनु पर्ने दुई प्रडक्ट यही उत्पादन गर्दा लागतमा केही कम हुन जाने विश्वासको कारण नयाँ उत्पादन थप गर्दै छाैं । 

तर, अब सरकारी तबरबाट स्वदेशी उत्पादन र आयातित लुब्रिकेन्टको मापन गर्न ढिला भइसकेको छ । अहिले नेपालको लुब्रिकेन्टको बजार ८ अर्ब हाराहारीको रहेको अनुमान गर्न सकिन्छ । यति ठुलो बजारको गुणस्तर परिक्षण नहुनु भनेको निकै कमजोर बिषय हो ।

आगामी बर्षको ब्यवसायीक प्लान कस्तो बनाउनु भएको छ ?

दुईवटा उच्च गुणस्तरको उत्पादन बजारमा ल्याउने तयारी गरिरहेका छौं । अहिले बाहिरबाट ल्याउनु पर्ने ति दुई प्रडक्ट यही उत्पादन गर्दा लागतमा केही कम हुन जाने विश्वासको कारण नयाँ उत्पादन थप गर्ने छौ । साथै, ग्रिज उत्पादनको लागि नयाँ प्लान्ट लगाउने तयारी गरेका छौं । यसको बजार बिस्तार हुँदै गइरहेको छ, त्यसमा आफ्नो उपस्थितिको लागि हामी कामगर्दै आइरहेका छौं ।

बजारमा आफुले बेच्ने सवारी साधनमा आफ्नै लुब्रिकेन्ट सिफारीस गर्ने चलन रहेको छ तपाईहरुले कुन कुन कम्पनीसँग मिलेर काम गर्दै हुनुहुन्छ ?

हामीले मारुति सुजुकीसँग मिलेर बिगतदेखि नै काम गरिरहेका छौं । सोनालीका ट्याक्टर, स्वराज, युएम बाइक, अशोक लेलेन्डलगायतका ब्रान्डसँग टाइअप गरेका छौं । अबको केही समय पछि हामी अन्य २ वटा ब्रान्डसँग मिलेर कामगर्ने छौं ।

अटो क्षेत्रसँग जोडिएको पहिलो पब्लिक कम्पनी भएर पनि धितोपत्र बजारमा कारोवार देखिदैन किन ?

हामीले धेरै पहिलादेखि धितोपत्रको कारोवारमा सुचारु गर्ने प्रयास गरेका हौं । त्यो सकिएको थिएन । अबको केही दिनमा नै कारोवार सुरुहुने छ । त्यसको लागि सिडिएस र नेप्सेसँग गर्नु पर्ने प्रक्रिया पुरा गरिसकेका छौ भने सानिमा क्यापीटललाई आरटीएसको जिम्वेवारी दिएका छौं । आशा गरौ नयाँ आर्थिक बर्षको सुरुवातमा नै सेयर कारोवार सुचारु हुनेछ । विगतमा कम्पनीले लगानीकर्तालाई निकै राम्रो प्रतिफल दिइरहेको छ । गएको ५ बर्षमा झण्डै १२० प्रतिशतको प्रतिफल लगानीकर्ताले पाएका छन् ।  


Back_to_top