बाहिरी चक्रपथक निर्माणका लागि १ अर्ब ८७ करोड डलर प्रस्ताव गर्दै सरकार

काठमाडौं । काठमाडौंमा रहेको चपक्रथको बिकल्पको रुपमा हेरिएको बाहिरी चक्रपथ निर्माणका लागि लगानी जुटाउन सरकारले लगानी सम्मेलमा समावेश गरेको छ । लामो समयदेखि बाहिरी चक्रपथको चर्चा हुदै आएको छ ।

७२ किलोमिटर लामो बाहिरी चक्रपथको निर्माणका लागि सरकारले १ अर्ब ८७ करोड १० लाख अमेरिकी डलर लागत प्रस्ताव गरेको छ । काठमाडौं उपत्यकाभित्र बाहिरी चक्रपथ बनाउन आर्थिक वर्ष २०५६/५७ मा सम्भाव्यता अध्ययन भएको थियो ।

त्यतिबेला ७२ किमि हुने भनिएको यो सडक विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) पछि दूरी ६६.५८ किमि कायम भएको थियो । तर अहिले सरकारले लगानी सम्मेलनमा दाताहरुबाट रकम जुटाउन गरेको प्रस्तावमा ७२ किलोमिटर नै हुने उल्लेख गरेको छ ।

बारिही चक्रपथ बने काठमाडौं उपत्यकाको भित्री चक्रपथ केन्द्रीत सहरिकरण विस्तार हुने र यहाँको ट्राफिक समस्या समेत कम हुने अपेक्षा सरकारको छ ।

यसअघि बनेको डिपीआरमा बाहिरी चक्रपथको पूर्ण दूरी ७२ किलोमिटर १२ वटा खण्डमा तयार हुने बताइएको थियो । हरेक खण्ड ६ किलोमिटरका दरले १२ वटासम्म प्याकेज निर्माण हुने उल्लेख थियो । लगानी सम्मेलनमा प्रस्ताव गरिएको बाहिरी चक्रपथ निर्माणमा लगानी गर्नेले परिमार्जन गर्न समेत सक्ने छ । 


Back_to_top