के वेलायती कार निर्माताको भविष्य सकिएकै हो त ? यस्ता छन् तथ्य

युरोपियन अटोमोवाइल निर्माणकर्ता संघकाअनुसार गत महिना ईयूमा नयाँ कारको बिक्री ५२ प्रतिशतले बढ्दै १६ लाख गाडी बिक्री भएको छ । संघकाअनुसार यो कारोबार जुन महिनाको उच्च रेकर्ड हो । त्यसैगरी बेलायतमा भने गाडीको बिक्री ३.५ पतिशतले घटेको छ । साथै, इटालीमा हालसम्मकै उच्च ७.३ प्रतिशतको गिरावट आएको छ ।

वर्षको अघिल्लो ६ महिनामा युरोपको मार्केट २.९ पतिशतले बृद्धि हुँदा इटाली र बेलायतमा भने १.४ र ६.९ प्रतिशतले खस्केको छ । स्पेनमा कारको माग १०.१ प्रतिशतले बढेको छ भने फ्रान्स र जर्मनीमा ४.७ प्रतिशत र २.९ प्रतिशतले बृद्धि भएको छ ।

ईयूमा आवद्ध नयाँ राष्ट्रहरुको बजार विस्तार सम्झन लायक तथ्यांक अगाडि आएको छ । जहाँ यस वर्षमात्र अटो मार्केटको विस्तार ११.४ प्रतिशतले भयो ।

बेलायतमा भने ब्रोक्जिटको अन्योलताले गर्दा अटो बजारमा ठूलो धक्का लाग्यो । सीबीआईका प्रमुख पउल डे«च्लरले जुनमा दिएको एक भाषणमा भनेको छन्, ‘ईयू कस्टम यूनियनबाट बाहिरिँदा बेलायती मोटर उद्योग लोपोन्मुख हुँदैछ ।’

मोटर निर्माणकर्ता र व्यापार समाज (एसएमएमटी) ले पनि जुन महिनामा यूअनिसको तथ्यांकसँग मेल खाने डाटा निकालेको थियो । यस तथ्यांकअनुसार जुनमा बेलायतमा ३.५ प्रतिशतको गिरावट देखियो ।

एसएमएमटीको तथ्यांक केलाउँदै बारक्लेज कर्पोरेट बैंकिङको रिटेर र होलसेल हेड इयान गिल्मार्टिन भन्छन्, ‘गाडी बिक्रेताले भोगिरहेको समस्याको चाङ्ग हेर्दा यो गिरावट कुनै आश्चर्य होइन ।’ उनी थप्छन्, ‘ब्रेक्जिटपश्चात् अटोबजारलाई लिएर अन्योलताको बारे भर्खरै आवाज उठ्न थालेको छ । गाडी निर्माता र बिक्रेता कुनै पक्षको सहनशिलतामा ह्रास आइसकेको छ । उनीहरुले भविष्यका लागि योजना बनाउन कुनै वस्तुगत प्रगतिलाई लिएर सम्बोधन हुन्छ भन्ने आश बोकेका छन् ।’

ज्यागुवर ल्याण्डरोभले पनि बेलायतमा लगानी गरिराख्ने हो भने ब्रेजिक्टको ईस्यूलाई लिएर तुरुन्तै कुनै कदम चाल्नुपर्ने चेतावनी दिएको छ ।

ज्यागुवर ल्याण्डरोभरका प्रमुख कार्यकारी राल्फ स्पेथ भन्छन्, ‘सही तरिकाले बे्रक्जिक्टको सम्बोधन भएन भने हाम्रो वार्षिक १.२ अर्ब पाउण्डले मुनाफा धक्का लाग्छ । जसले गर्दा हामीले बेलायतमा गर्ने खर्च मिलाउनुपर्ने हुन्छ ।

गत पाँच वर्षमा हामीले ५० अर्ब पाउण्ड खर्च गरिसकेका छौँ, भने आउँदो पाँच वर्षमा ८० अर्ब पाउण्ड खर्च गर्ने तरखरमा छौँ । अप्रिलमा उक्त कम्पनीले बे्रक्जिक्ट अन्योलताले गर्दा बेलायतमा १००० कर्मचारी हटाउने निर्णय गरेको थियो ।


Back_to_top