बीएमडब्ल्यूले ल्याउँदै इलेक्ट्रीक कार

बीएडब्ल्यू कम्पनी र चीनकोे एसयूभी ब्रान्ड निर्माण कम्पनी ग्रेटवाल मोटरले इलेक्ट्रीक मिनी मोडलको उत्पादनलाई बढावा दिने योजनासहित साझेदारीको घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय मागलाई मध्यनजर गर्दै चिनीयाँ कम्पनीले इलेक्ट्रीक मिनी अटो निर्माणका लागि बीएमडब्ल्यूसँग सम्झौता गरेको हो ।

चिनीयाँ प्रिमियर ली–केकियाङ्ग र जर्मन चान्सलर एञ्जेला मार्केलद्वारा बर्लिनमा आयोजित कार्यक्रममा सो सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । दुबै कम्पनीले भेञ्चर, स्पोटलाइट अटोमोटिभ लिमिटेडले समेत इलेक्ट्रीक अटो निर्माण गर्ने जानकारी दिएका छन् । अटो निर्माताहरूले चिनीयाँ बजारलाई मध्यनजर गर्दै इलेक्ट्रीक मोडल निर्माणका लागि अर्बाै रुपैयाँ खर्चने गरेका छन् ।

बेइजिङले बजारको पहुँचलाई ध्यानमा राख्दै विश्वव्यापीरुपमा उत्पादित सवारीसाधनमा आफ्नो प्रविधि र ब्याट्रीको प्रयोग गर्न उत्प्रेरित गर्दैआएको छ । चिनीयाँ अटो ब्रान्डले आगामी वर्ष १० प्रतिशतले इलेक्ट्रीक मोटर र ब्याट्रीको बिक्री बढाउने लक्ष्य लिएका छन् ।

चाइना एशोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरकाअनुसार गतवर्षको तुलनामा चीनमा इलेक्ट्रीक मोटरको बिक्री ८२ प्रतिशतले बढ्दै चार लाख ६८ हजार युनिट्स पुगेको छ ।

जनरल मोटर कम्पनी, फक्सवागेन, एमजी र निसान मोटर कम्पनीले इलेक्ट्रीक मोटर निर्माणका लागि चिनीयाँसँग सहकार्य गर्ने योजना बनाएका छन् ।

बाओडिङ्मा रहेको ग्रेटवालको हेडक्वाटरले वर्षेनी १० लाख एसयूभी बेच्ने गरेको छ । बीएमडब्ल्यूका बोर्ड सदस्य क्लाच फेलिचले बयान दिँदै भने ‘दुबै कम्पनीको संयुक्त दृष्टिकोण, योजना तथा लगानीले यथाशिघ्र चाँडो अटो निर्माण गर्नेछौैँ । उत्पादन तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनी सजग रहनेछ ।’

चीन बीएमडल्यूको सबैभन्दा ठूलो बजारको रुपमा स्थापित भएको छ । २०१७ मा चिनीयाँ बजारमा मात्रै बीएमडब्ल्यूका पाँच लाख ६० हजार भेकल्स बिक्री भएको थियो । चीनलाई मिनी अटोका लागि चौथो ठूलो बजारको रुपमा लिइन्छ । चीनले २०१७ मा ३५ हजार सवारीसाधन निर्यात गरिएको कम्पनीले जनाएको छ ।


Back_to_top