भारतीय हरित अधिकरण (एनजीटी) ले डिजेल कान्डमा मुछिएपछि भारतबाट तीन लाख २३ हजार सवारीसाधन फिर्ता किन नबोलाइएको भन्ने विषयमा प्रश्न खडा गरेको छ । साथै, कम्पनीले सफाई पेश गर्न नसक्ने हो भने ठूलो दण्ड ब्यहोर्नुपर्ने चेतावनी दिएको छ ।
एनजीटीले भनेको छ, ‘कम्पनीले हालसम्म ६४ प्रतिशत कार फिर्ता बोलाइएको र बाँकी ३६ प्रतिशत कार अझै भारतीय सडकमा प्रदूषण फैलाइरहेको छ ।’
कम्पनीले दिएको आश्वासनअनुसार बजारबाट गाडी फिर्ता नबोलाउने हो भने कारबाहीका लागि तयार रहन एनजीटीका अध्यक्ष आर्दशकुमार गोयलले चेतावनी दिएका छन् ।
कम्पनीलाई अबको दिनमा कसरी काम गर्दैछ र फिर्ता बोलाउनुपर्ने गाडीको विषयमा के भइरहेको छ । यसरी प्रदूषण फैलाउन अग्रसर कम्पनीलाई किन कारबाही नगर्नेजस्ता प्रश्नको उत्तर कम्पनीसँग माग गरिएको छ ।
फक्सवागेन इन्डियाले २०१५ मा इमिसन कान्डमा परेपछि भारतबाट तीन लाख २३ हजार सात सय कार फिर्ता बोलाउने बताएको थियो । त्यतिबेलाको जाँचमा फक्सवागनका केही कार भारत स्ट्याण्डर्ड चारअनुसार नभएको पाइएको थियो ।
एनजीले कम्पनीको डीजलकारसम्बन्धी २०१५ मा तयार भएको रिपोर्ट आफुलाइ दिन पूणेस्थित अटोमोटीभ रिसर्च एशोसिएसन अफ इन्डियालाई समेत पत्र लेखेको छ ।

