‘डि-म्याक्स’ पीकअप पनि इलेक्ट्रीकमा आउने, थाहापाउनुस् ब्याट्री र मोटर साइज

काठमाडौं । डिजेल इन्जिनको लागि विश्व प्रशिद्ध जापानीज कम्पनी इसुजुले पनि इलेक्ट्रीक पीकअप ट्रक निर्माण गर्ने भएको छ । कम्पनीले डि-म्याक्स पीकअपको कन्सेप्ट तयार गरेर त्यसको जानकारी दिएको हो ।

इसुजुले आफ्नो पहिलो ईभीको रुपमा डि-म्याक्स पीकअपलाई आगामी मार्च २७ मा हुने बैंकक इन्टरनेशनल मोटर शोमा देखाउने भएको हो । यसको उत्पादन मोडल भने आगामी बर्ष मात्रै बजारमा आउने छ ।

डि-म्याक्सको फेसलिफ्ट भर्सनमा आधारित रहेर आउने इलेक्ट्रीक पीकअप ल्याडर फ्रेम च्यासीसमा बन्नेछ । यसमा नयाँ विकास भएको फुल टाइम फोर ह्वील ड्राइभ ‘ईएक्सल’ दिनेछ ।

इसुजुले डि-म्याक्स पीकअपमा ६७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिनेछ । यस दुई इलेक्ट्रीक मोटर रहने छ । अगाडि ४० किलोवाट र पछाडि ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । यी दुबै मोटरको संयुक्त पावर १७४ हर्सपावर र ३२५ न्यूटन मिटर टर्क हुनेछ । यो पावर डि-म्याक्स १.९ लिटर डिजेल इन्जिनको भन्दा बढि हो ।


Back_to_top