काठमाडौं । अहिले बजारमा हटकेक मोडल बनिरहेको जेको जे-सिक्स मोडल आफ्नो पृथक लुक्सको कारण धेरैले मनपराएका हुन् । १३० किलोवाटको इलेक्ट्रीक मोटर र ४०० किलोमिटर रेन्ज भएको लाइफ स्टाइल प्रोडक्ट धेरैको ग्यारेजमा पुगिसकेको छ ।
भदौंमा भएको नाडा अटो शो २०२४ बाट बिक्री सुरु भएको जे-सिक्स मोडल अहिलेसम्म एक लट मात्रै नेपाल आएको छ । यसको बिक्री मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेर एसपीजी अटोमोवाइलले बिक्री सुरु गरेको हो । तर, नाडा अटो शो र चलिरहेका चाडपर्व अफर भन्दै कम्पनीले ६६ लाख ९९ हजारमा जे-सिक्स उपलब्ध गराएको छ ।
सम्पूर्ण मासिक किस्ताको बिबरण हेर्न यहाँ क्लिक गर्नुहोला ।
अहिले कम्पनीले ३ लाख नगद छुट दिएर बिक्री गर्दै आएको छ । यदि, तपाईले यसलाई २० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्ने योजना बनाउनु भएको छ भने तपाईसँग १३ लाख ३९ हजार ८०० रुपैयाँ सुरुमा बुझाउनु पर्ने हुन्छ ।
डाउन पेमेन्टपछि बाँकी ५३ लाख ५९ हजार २०० रुपैयाँ बैंक तथा वित्तिय संस्थाले कर्जा उपलब्ध गराउने छन् । अहिले बैंकको ब्याजदर पनि निकै न्यून छ । बैंकहरुले ५ वर्षसम्म परिवर्तन नहुने गरी ८ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको कारण मासिक ८३ हजार ५२९ रुपैयाँ किस्ता तिर्नेगरी जे-सिक्स खरिद गर्न सकिन्छ ।
यदि, यहि हिसाव अनुसार ब्यक्तिको नाममा जेको जे-सिक्स खरिद गर्ने हो भने उसको मासिक आम्दानी १ लाख ७० हजार रुपैयाँ हुनुपर्छ ।
यस्तो छ जे-सिक्स
लाइफ स्टाइल इलेक्ट्रीक भेहिकल जेको जे-सिक्समा ६५.६९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिन्छ ।
जेकोले अहिले रियर ह्वील ड्राइभमा मात्रै उपलब्ध गराएको जे-सिक्स एसयूभी चाँडै रियर ह्वील ड्राइभमा पनि उपलब्ध हुनेछ । यसको रियर ह्वील ड्राइभ भर्सनमा १३५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । फोर ह्वील ड्राइभ मोडल नोभेम्बर महिनामा नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

जे-सिक्स एसयूभीको सबै लाइट एलइडी छन् । साथै, कारको सम्पूर्ण लाइटदेखि स्टेरिङसम्म आई कार ब्राण्डिङ गरिएको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । यसले समग्र एसयूभीकै टुल बक्सले यसको डिजाइनमा नयाँपन दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील, २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको कारण यसलाई अफरोड बाटाहरुमा सजिलै गुडाउन सकिने छ ।
अफरोड एसयूभी डिजाइनमा भएर पनि पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेवल-२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियरको पार्किङ सेन्सर जस्ता फिचर छन् ।

