काठमाडौं । अल्ट्राभोयलेट इलेक्ट्रीक मोटरसाइकलको प्रतिस्पर्धी मोटरसाइकल सार्वजनिक भएको छ । भारतीय इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी रेप्टी डट एचभीले अल्ट्राभोयलेटसँग प्रतिस्पर्धा गर्न सक्ने मोटरसाइकल सार्वजनिक गरेको हो ।
चेन्नाईवेस इलेक्ट्रीक मोटरसाइकल स्टार्टअप कम्पनी रेप्टी डट एचभीले आफ्नो पहिलो उत्पादन टी ३० सार्वजनिक गरेको हो । कम्पनीले टी ३० को एक्ससोरुम मूल्य २ लाख ३९ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक गरेको हो । कम्पनीले चार कलर अप्सनमा ल्याएको छ ।
रेप्टी टी ३० मा २२ किलोवाट क्षमता पिक पावर भएको मोटर उपलब्ध छ । यसको टप स्पीड क्षमता १३५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकल ३.५ सेकेन्डमा ०–६० को स्पीड पकड्न सक्छ । यसमा तीन राइड मोड उपलब्ध छ ।
यो मोटरसाइकलमा ५.४ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री प्याक उपलब्ध रहेको छ । कम्पनीका अनुसार यसको आइडीसी रेन्ज २०० किलोमिटर छ भने, यसले रियल वल्र्डमा १५० किलोमिटर रेन्ज दिन्छ ।
यो ब्याट्रीले सीसीएस २ फास्ट चार्ज सर्पोट गर्छ भने यसलाई २० देखि ८० प्रतिशत चार्ज गर्न ३६ मिनेट मात्र लाग्ने कम्पनीको भनाई छ । कम्पनीले यो मोटरसाइकलमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा अपसाइड डाउन फर्क, प्रि-लोडेड एड्जस्टेवल मोनोशक सस्पेन्सन, ट्यूवलेस टायर, डबल च्यानल एबीएस, एलइडी लाइट, टच स्क्रीन डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।

