काठमाडौं । जेको जे-६ रियर ह्वील ड्राइभको सफलतासँगै एसपीजी अटोमोवाइलले त्यसको अल ह्वील ड्राइभ मोडल पनि ल्याएको छ । अहिले काठमाडौं आइपुगेको डेमो भेहिकल हो ।
लेफ्ट ह्याण्ड ड्राइभ भर्सन नै केही दिन परिक्षणको लागि काठमाडौं ल्याएको हो । अल ह्वील ड्राइभ मोडलमा विभिन्न ९ ड्राइभिङ मोड पाउन सकिन्छ । अहिले बिक्री हुँदै आएको रियर ह्वील ड्राइभ मोडलमा इको, नर्मल, स्पोर्ट र कष्टुम गरी चार ड्राइभिङ मोड उपलब्ध छ । यी चारसहित अलरोड, स्लीपी, वीच, मडी र बम्पी ड्राइभिङ मोड पाउन सकिन्छ ।
ड्रइभिङ मोडको अलावा अल ह्वील ड्राइभ मोडलमा अल सिट हिटेड सुविधा उपलब्ध छ । ड्राइभिङ मोड सेलेक्टर बटम दिइएको एसयूभीमा टायर साइज पनि फरक पाउन सकिन्छ ।
साइजमा अहिले उपलब्ध मोडल सरह नै रहेको एसयूभीमा केही फिचर, लाइट, सिट क्वालिटी लगायतका परिवर्तन पाउन सकिन्छ । अहिले १३५ किलोवाटको रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध जे-६ फोर ह्वील ड्राइभमा थप पावरफुल भएर आउने छ ।
जेको जे-६ एसयूभीमा सबै लाइट एलइडी छन् । कारको सम्पूर्ण लाइटदेखि स्टेरिङसम्ममा आई आकारलाई ब्राण्डिङ गरिएको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । यसले समग्र एसयूभीकै डिजाइनमा नयाँपन दिएको छ ।
अफरोड एसयूभी डिजाइनमा भएर पनि पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, मसाज सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर दिइएको छ ।
अहिले बिक्री हुँदै आएको जे-६ मा जस्तै वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेवल-२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियरको पार्किङ सेन्सर जस्ता फिचर छन् ।

