जावा पेरक नेपाल आउने, केहि दिनमा नै बुकिङ खुल्दै

काठमाडौं । आज मात्रै नेपालमा सार्वजनिक भएको जावा मोटरसाइकलको अर्को मोडल नेपाल आउने पक्का भएको छ । कम्पनीका सेल्स हेडले केहि दिन भित्रनै यसको बुकिङ खुल्ने जानकारि दिएका हुन् ।

कम्पनीले आज जावा र जावा फोर्टी टु सार्वजनिक गरेको छ भने, पेराकको केहि दिनमा नै बुकिङ खोल्ने जनाएको छ । बबर स्टाइलमा आउने जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिस मोटर शोमा पेश गरिएको पेराकबाट लिइएको हो ।

नयाँ पेराकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ ।

उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ भने सुरक्षाको लागि ड्युअल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।

यसको मूल्यको बारेमा भने कम्पनीले केहि जानकारि दिएको छैन ।


Back_to_top