काठमाडौं । अमेरिकी ब्राण्ड जीप विश्वभर मस्कुलर र अफरोडको लागि उपयुक्त ब्राण्डको रूपमा परिचित रहेको छ । गाडीका शौखिन अमेरिकी राष्ट्रपति जोय वाइडेनदेखि चर्चित सेलिब्रटीहरूले यसको प्रयोग गरेका छन् ।
विश्व युद्धमा सेनाको सारथीदेखि आजका युवाको आउट डोर कल्चरको सहयोगी भूमिका निर्वाह गर्दै आएको जीप ब्राण्डले नेपालमा ४ वर्ष पूरा गरेको छ । विक्रम सम्वत् २०७५ साल असारमा नेपाल प्रवेश गरेको जीपले छोटो समयमा बलियो बजारको आधार तयार गरेको छ । यसको क्षमता खराव बाटोमा मात्रै सिमित छैन । यो आफैमा एउटा चमात्कारिक मेशिन हो, जसले संसारले पुष्टि पनि गरेको छ ।
पर्पल हार्ट पुरस्कार पाउन सफल जीपलाई ‘ओल्ड फेथफुल’ उपनाम दिइएको छ । दोस्रो विश्वयुद्धको समयमा जीपलाई जलसेनाले गुआडाल क्यानल र बोगेन भिल्ला हमलामा प्रयोग गरेको थिए । त्यसैले युद्धमा चोट लागेका बहादुर सैनिक जवानलाई दिइने पर्पल हार्ट पुरस्कार पहिलो पटक जीपलाई दिइएको थियो ।
एसयूभीको बढ्दो माग र अफरोड कल्चरको विकास शुभारम्भ भएको समयमा नेपाल आएको जीपले नाडा अटो शो २०१८ बाट आधिकारीक विक्री सुरू गरेको थियो । सन् १९४३ बाट उत्पादन सुरू भएको जीपले नेपालमा आधिकारीक विक्री ७५ वर्षपछि मात्रै सुरू भएको थियो ।

नेपालमा कम्पासबाट यात्रा सुरू गरेको जीप ब्राण्ड एक करोड रुपैयाँ खर्च गरेर अफरोड क्षमता सहितको एसयूभी खोज्नेको लागि एउटा उत्कृष्ट विकल्प बन्न पुग्यो ।
नेपालमा एमएडब्लू लाइफले विक्री गर्दै आएको जीपका उत्पादन निकै बलियो र पर्फमेन्सको लागि उत्कृष्ट मानिन्छ । कम्पनीको योजनाका विषयमा एमएडब्लू लाइफका मार्केटिङ हेड रमेश दनेखु भन्छन्, ‘नेपालमा अग्ला गाडीलाई जीप भनिने गरिन्थ्यो । त्यस्तोमा यहाँ चल्तीमा रहेको जीप र जीप ब्राण्ड फरक हो भन्ने कुरा बुझाउन चाहन्थ्यौं । अहिले ठूलो जनमानसमा यसको सन्देश गएको छ ।’

जीपले ४ वर्षमा ५०० यूनिटभन्दा बढी गाडी विक्री गरेको जनाएको छ । यसले पनि जीपको सफलता देखाउँछ । यही तथ्यांकलाई हेर्दा कम्पनीले औषत वार्षिक १२५ यूनिट जीपका गाडी विक्री गर्दै आएको छ । मूल्यलाई आधार मान्दा यो संख्याको विक्री उत्कृष्ट हो ।
‘विश्वव्यापी एसयूभीको ट्रेन्ड चलिरहेको समयमा जीपलाई नेपाल ल्याएका थियौं । त्यसले हामीलाई केही हदसम्म सहयोग गर्यो । त्यसमाथि हामीले ग्राहक दिएको सर्भिस र एक्सपेरियन्सले ५०० प्लस सन्तुष्ट ग्राहक बनाउन सकेका छौं,’ मार्केटिङ हेड दनेखुले भने ।
जीप कम्पासदेखि रुवीकनसम्म
एमएडब्लू लाइफले अहिले जीपका ४ मोडल नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले सुरूमा नेपाल ल्याएको जीप कम्पास हुँदै अहिले र्याङलर (रुवीकन र सहारा), ग्राण्ड चेरोकी र ग्लाडिएटरसम्म पुगेको छ । चाँडै ७ सिटे मेरिडियन एसयूभी नेपाल ल्याउने तयारी भएको कम्पनीले जनाएको छ ।

जीप फोर बाइ फोरको लागि प्रसिद्धि कमाएको ब्राण्ड हो । जीपको प्रसिद्धिसँगै आजको दिनमा यसलाई प्रयोग गर्नेले आफ्नो पर्सनालिटीसँग दाँजेर हेर्न थालेका छन् । त्यसले पनि नेपालमा जीपको विस्तारलाई पुष्टी गर्छ ।


