काठमाडौं । जीपले ७ सिट क्षमताको मेरिडियन सार्वजनिक गरेको छ । भारतीय बजारलाई केन्द्रमा राखेर तयार भएको मेरिडियन टोयोटा फर्चुनरसँग सिधा प्रतिस्पर्धा गर्न आउन लागेको हो ।
भारतमा बजार विस्तार गर्ने रणनीति अनुसार आएको मेरिडियन चाँडै नेपाली बजारमा पनि आउने छ । मेरिडियनसँगै जीपले भारतमा कम्पास ट्रायलहक, ग्राण्ड चेरोकी जस्ता मोडल सन् २०२२ मै ल्याउने योजना तयार गरेको छ ।
जीपको मेरिडियन साउथ अमेरिकी बजारमा विक्री हुने जीप कमाण्डर नै हो । जीप कम्पासको प्लेटफर्ममा बनेको मेरिडियनमा ३ रो सिट दिइएको छ । त्यही कारण यसको लम्बाई र ह्वीलवेस समेत बढाइएको छ । यसलाई कम्पासभन्दा फरक देखाउनका लागि केही डिजाइन एलिमेन्टसमेत परिवर्तन गरिएको छ ।

यसको ड्यासबोर्ड भने कम्पासको जस्तै रहेको छ । तर, इन्टेरियरमा प्रसस्त परिवर्तन पाउन सकिन्छ । जीपले मेरिडियन एसयूभीमा ६० भन्दा बढी सुरक्षा फिचर दिएको छ । सबै भेरियन्टमा ६ वटा एयरव्याग यसमा पाउन सकिन्छ ।
मेरिडियनले सून्यदेखि १०० किलोमिटरको स्पीड १०.८ सेकेन्डमा भेट्टाउने छ । साथै यसको टप स्पीड क्षमता १९८ किलोमिटर रहेको छ ।
जीप मेरिडियनको बाहिरी आवरणमा धेरै क्रोमको प्रयोग भएको छ । यसमा सार्प लुकिङ एलइडी लाइट, सिंग्नेचर भर्टिकल क्रोम स्लाट, नयाँ एलइडी डेटाइम रनिङ लाइट, वाइड सेन्ट्रल एयर इनलेट, ट्रापेजोडियल ह्वील आर्क, नयाँ डिजाइनको १८ इन्चको डायमण्ड कट अलोय ह्वील, एलइडी टेललाइट आदि पाउन सकिन्छ ।
ठूलो साइज क्यावीन, तेस्रो लाइनमा दिइएको सिटलाई पनि डेडिकेटेड एसी भेन्ट, म्यूजिक मनपराउनेको लागि यूकनेक्ट तथा अल्पाइनको ९ वटा स्पिकर पाउन सकिन्छ । कालो र खैरो दुई टोनको क्यावीन, १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी, फुल डिजिटल इन्टु«मेन्ट क्लष्टर, प्यानारोमीक सनरुफ, भेन्टीलेटेड फ्रन्ट सिट, वायरलेस मोवाइल चार्जर, माउण्टेड कन्ट्रोल स्टेरिङ ह्वील, लेदर सिट जस्ता फिचर पाउन सकिन्छ ।
जीपले यसमा २.० लिटर, फोर सिलिण्डर, टर्बो चार्ज्ड इन्जिनको साथमा ४८ भोल्डको माइल्ड हाइब्रिड टेक्नलाजीको समेत प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पीकटर्क प्रदान गर्छ । यसमा ९ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध रहेको छ ।


