यस्तो हुनेछ, जीपको फुल साइज एसयूभी ‘आइकोनिक वागेनार’

काठमाडौं । फियात क्राइसलर अटोमोबाइल्स कम्पनीले नयाँ एसयूभी निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले आइकोनिक जीप वागेनार र ग्रान्ड वागेनारको निर्माणमा लागि पर्ने योजना बनाएको हो । झन्डै १.५ विलियन डलर खर्चेर एफसीएले वारेन ट्रक एसेम्बली प्लान्टबाट नयाँ एसयूभी उत्पादन सुरु गर्ने तयारी गरेको छ । 

यी दुई मोडल बडी अन–फ्रेम भेहिकल हुने छन् । साथै, जीपले दुबै मोडललाई प्लग–इन हाइब्रिड र कम्बस्चन इन्जिनमा ल्याउने छ । बजारको माग बमोजिम अल–इलेक्ट्रीक भेरियन्टमा समेत यी मोडल उत्पादन गर्ने योजना कम्पनीले बनाएको छ । 

यसको अलवा कम्पनीले यी दुबै मोडल थ्री–रो फूल–साइज एसयूभी हुने जानकारी दिएको छ । यी एसयूभी म्याक एभिन्यू इन्जिनसहित बजारमा आउने छ । यी मोडलहरु प्लग–इन हाइब्रिड भर्सनमा समेत सन् २०२० को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ । 

कम्पनीले सन् २०१८ को जुनमा तीन मोडल निर्माण गर्ने जानकारी दिएको थियो भने सन् २०२२ सम्ममा बजारमा ल्याउने रोडम्याप निर्माण गरेको थियो । उक्त रोडम्यापमा ति मोडललाई इलेक्ट्रीक सेग्मेन्टमा समेत निर्माण गर्ने उल्लेख गरेको थियो ।

एफसीएका चिप–एक्जुकेटिभ माइक–मेन्लीले एफसीएले तीन वर्षअघि आफ्नो नाफा वृद्धि गर्ने योजनासहित अमेरिकी उत्पादन प्रक्रियालाई अवलम्बन गर्दै जिप र राम ब्रान्डका मोडल उत्पादन गर्ने लक्ष्य बनाएको स्मरण गरे । 

उनी भन्छन्, ‘हाल घोषणा गरिएको परियोजना उक्त रणनीतिको अर्काे चरण हो । एफसीएले मार्जिनसँगै नयाँ इलेक्ट्रीक प्रोडक्टको उत्पादनमा लागि पर्नेछ । कम्पनीले चार प्लग–इन हाइब्रिड मोडलसँगै पूर्ण इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने योजना बनाएको छ ।’


Back_to_top