काठमाडौं । नेपालका लागि सुजुकीको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङ्सले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ । चालकहरुले आफ्नो वास्तविक क्षमता पत्ता लगाउन सकुन भन्ने उद्देश्यका साथ उक्त राइड सम्पन्न भएको थियो ।
बैशाख २३ देखि २९ सम्म आयोजना भएको सो राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा आएर समापन भएको थियो । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नी को ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे जानकारी दिएका थिए ।
जिम्नी लाइफ स्टाइल एसयूभीको रुपमा निकै लोकप्रिय मानिन्छ । विश्वका ९० भन्दा धेरै देशहरुमा बिक्री हुँदै आएको भारतमा बनेको जिम्नी ३० हजार भन्दा धेरै युनिट बिक्री भइसकेको सैनीले जानकारी दिए ।
उक्त राइडमा १० वटा जिम्नी एसयूभी सहभागी थिए । उात्रालाई थप अर्थपूर्ण बनाउन कालिकोट क्षेत्र स्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

राइडमा सहभागि एक जिम्नी ग्राहक शिव श्रेष्ठले यात्रा बारे आफ्नो अनुभव सुनाउदै भने, ‘रारा फेरी जानु एउटा इच्छा थियो, जिम्नी मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो । यस यात्रामा जिम्नीको क्षमता अनुभव गर्न पाए । यात्रामा धेरै साथीहरु भेट्ने अवसर मिल्यो । हामी सबै एउटा परिवार जस्तो भयौ । आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भन्ने चाहन्छु ।’

अर्को जिम्नी ग्राहक आदित्य थापाका अनुसार आफु सोलो राइड धेरै पटक गएको तर यो कार्यक्रममा अरु जिम्नी ओनर्ससँग जानु पाउँदा अझै रमाइलो अनुभव भयो।
‘जिम्नी लिएपछि मलाई एकचोटी कर्णाली राजमार्ग जाने इच्छा थियो, यो राइड आयोजनाले ‘ड्रिम कम ट्रुु फिल’ भयो’, जिम्नी ग्राहक डा. मुकुन्द जोशीले भने ।

कार्यक्रम बारे बोल्दै कम्पनीका महाप्रबन्धक सिरज पन्तले भने, ‘अफ रोडिंग जिम्नीको मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाईल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्छ । यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाँहरुलाई आफ्नो जिम्नीको क्षमता महसुस गराउनु थियो ।’

