काठमाडौं । ‘स्टीयर बाइ वायर’ चाँडै सामान्य हुँदैछ । विभिन्न अटोमोवाइल कम्पनीहरुले छिटै यो टेक्नोलोजीको प्रयोग व्यापक बनाउने भएका छन् ।
जर्मन ब्राण्ड मर्सिडिज ‘स्टीयर बाइ वायर टेक्नोलोजी’ प्रयोग गर्ने पहिलो कम्पनी हुनेछ । यस टेक्नोलोजीले चालक र घुम्ने पाङ्ग्राहरू बीचको मेकानिकल कनेक्सन हटाउँछ । सेन्सर र इलेक्ट्रीक ‘एक्चुएटर’हरूको सहयोगमा काम गर्छ ।
मजेडएफ कम्पनीले विकास गरेको ‘स्टीयर बाइ वायर सिस्टम’ मर्सिडिजले प्रयोग गर्ने भएको हो । चिनियाँ कार कम्पनी नियोले पनि आफ्नो इटी–९ मा जेडएफले नै बनाएको सिस्टम प्रयोग गर्दैछ ।
जापनीज लग्जरी कार ब्राण्ड लेक्ससले अर्को वर्ष ‘स्टीयर बाइ वायर’ लन्च गर्दैछ । जर्मन इन्जिनियरीङ कम्पनी बोश्चले पनि आफ्नो चिनियाँ पार्टनर कम्पनी मार्फत तीन उत्पादकसँग मिलेर स्टीयर बाइ वायर सिस्टमको उत्पादन सुरु गर्दैछ ।
स्टीयर बाइ वायर टेक्नोलोजीको विकास भएको निकै वर्ष भईसकेको छ । तर, नियामक निकायले अनुमति नदिएका कारण यसको प्रयोग अटोमोवाइल कम्पनीले सुरु गरेका थिएनन् । यसलाई अझ विस्वसनिय बनाउन कम्पनीहरुले डबल इलेक्ट्रोनिक सिग्नल च्यानलको प्रयोग गरेका छन् । यसले यदि चालक र स्टेयरिङ बीचको एउटा इलेक्ट्रोनिक लिङ्क फेल भयो भने, अर्को लिङ्कको प्रयोग गर्न सकिन्छ ।
सुरक्षामा केन्द्रित भएर बनाउँदै जाँदा उक्त सिस्टममा सम्पूर्णरुपमा फेल भएपनि गाडीलाई नियन्त्रण कायम राख्न अन्य तरिका अपनाउन सकिने बनाइएको छ । पूर्ण विफलता सम्भावित घटनाबाट बच्न रियर एक्सल स्टीयरिंग र इएसपीको प्रयोग पनि गर्न सकिन्छ ।
स्टीयर बाइ वायर सिस्टममा चालकले स्टेरिङमा लगाएको इनपुट स्टेरिङ र्याक युनिटमा इलेक्ट्रोनिक सिग्नल पठाउँछ । त्यसैले गाडीलाई मोड्ने काम गर्छ । मेकानिकल कनेक्सन नहुने भएकोले चालकलाई स्टेरिङमा कुनै पनि टर्कको फिल हुँदैन ।
स्टीयर बाइ वायर सिस्टम सामान्य किट भने होइन । यसमा प्रत्येक उत्पादकहरुले मोडल अनुसार क्याब्रियटिङको धेरै काम गरेका हुन्छन् । मर्सिडिजले १० लाख भन्दा धेरै किलोमिटर चलाएर यसको परीक्षण गरिसकेको छ ।
नियोले यसको प्रयोगबाट आफ्नो ईभीमा प्याकेजिङ र डिजाइन बेनिफिट पाउन सकिने बताएको छ । यो टेक्नलोजीको प्रयोगसँगै अब स्टेयरिङ ह्वील गोलो नहुन पनि सक्छ ।
कम्पनीहरुले कन्सेप्ट कारहरुमा देखाउने रेक्ट्रयाङ्गुलर स्टेयरिङ अब सम्भव हुनेछ । नियोले अब कारमा ह्वीलको सट्टा जोयस्टीक दिएर गेम मोडमा समेत कार चलाउन सकिने बारेमा सोचिरहेको बताएको छ ।

