नाइमा मोविलिटी एक्स्पोको चौथो दिन सार्वजनिक भयो सीएक्स-६०

काठमाडौं । नाइमा मोविलिटी एक्स्पोको चौथो दिन पारामाउन्ट मोटर्सले माज्दा सीएक्स-६० आधिकारीक रुपमा लन्च गरेको छ । कम्पनीले अटो एक्स्पोको दौरानमै यसको बिक्री सुरु गरेको हो ।

पारामाउन्ट मोटर्स स्रोतका अनुसार सीएक्स-६० मोडल अल ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध भएको छ । नाइमा अवलोकन गर्नेका लागि जापानी उत्पादकको नयाँ एसयूभी प्रिमियम विल्कुलै नयाँ मोडल र टेस्ट भइरहेको छ ।

४५५० एमएम लामो, १८४० एमएम चौडा र १६६० उचाइ रहेको सीएक्स ६० को मूल्य १ करोड ५१ लाख रुपैयाँ राखेर बिक्री सुरु गरेको हो ।

माज्दाले सीएक्स ६० मोडलमा २.५ लिटर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १८५ ब्रेक हर्स पावर प्रदान गर्छ । यसको पीकटर्क २५० न्यूटन मिटर टर्क रहने छ ।

यसको इन्टेरियर निकै प्रिमियम लाग्छ । १८० किलोमिटर प्रतिघन्टाको टप स्पीड रहेको सीएक्स ६० एसयूभीमा सुरक्षा फिचर पनि थुप्रै छन् । यसमा ६ एयरब्याग, भेहिकल स्टेविलिटी कन्टोल, ३६० डिग्री क्यामेरासँगै सेन्सरहरुको प्रयोग गरिएको छ ।


Back_to_top