अटो एक्स्पोमा सस्ता कार खोज्नेलाई ५ विकल्प

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोविलिटी एक्स्पोमा साना र सस्ता कार खोज्नेको लागि ५ विकल्प उपलब्ध छन् ।

यदि, तपाईको बजेट ३० लाखभन्दा कम छ र आफ्नो लागि एउटा उपयुक्त कारको खोजीमा हुनुहुन्छ भने तपाईले ५ स्टाल भिजिट गर्दा पुग्छ । नाइमा मोविलिटी एक्स्पोमा हेनरी, एमजी, बीवाइडी, लीपमोटर र केई ब्राण्डसँग मात्रै ३० लाखभन्दा कम मूल्यको कार उपलब्ध छ ।

हेनरी भोल्ट एक्स्पोको सबैभन्दा कम मूल्यको कार हो । यसको मूल्य २० लाखभन्दा पनि कम छ । त्यसैगरी एमजी कोमेट ईभी पनि २० लाख हाराहारी मूल्यबाट नै खरिद गर्न सकिन्छ ।

त्यसैगरी, केई इक्यूट ०२ र ०४ पनि अटो एक्स्पोमा छ । यसको मूल्य पनि २० लाखदेखि नै सुरु हुन्छ । लीपमोटरको टी–०३ पनि अटो एक्स्पोमा राखिएको ३० लाखभन्दा कम मूल्यको कार हो । यसलाई कम्पनीले मोविलिटी एक्स्पो अफरभन्दै २७ लाख ९९ हजारमै उपलब्ध गराएको छ ।

बीवाइडीले यही एक्स्पोबाट बिक्री सुरु गरेको एटो–वान ह्याचव्याकको डाइनामिक भेरियन्ट पनि २८ लाख ९५ हजारमै खरिद गर्न सकिन्छ । अटो एक्स्पोमा एटो–वान हेर्नेको राम्रै भिडभाड देख्न पाइन्छ ।

बीवाइडी एटो-वान
लीपमोटर टी-०३
एमजी कोमेट
हेनरी भोल्ट


Back_to_top