काठमाडौं । नाइमा नेपाल मोविलिटी एक्स्पोको चौथो दिन अवलोकनर्ताको निकै ठूलो भिडभाड देखिएको छ । काठमाडौंको भृकुटीमण्डमा आयोजना भइरहेको अटो एक्स्पोमा गाडी किन्नेको राम्रो उपस्थिति रहेको देखियो ।
आयोजक संस्थाका अनुसार अहिलेसम्म ४५ हजार अवलोकनकर्ता भृकुटीमण्ड आएर एक्स्पो अवलोकन गरेका छन् । चौथो दिन झनै उल्लेखनिय उपस्थिति रहेको आयोजकले जनाएको छ ।
‘अबलोकर्ताको आगमन निकै उत्साहपूर्ण छ । सबै एक्जीभीटरहरु खुसी देखिएका छन् । हाम्रो योजना अनुसार अहिलेसम्मको एक्स्पो सफलताको बाटोमा छ’, नाइमा मोविलिटी एक्स्पोका संयोजक शिरिस मुरारकाले मेरोअटोसँग भने ।
अटो एक्स्पोमा सहभागि ५० ब्राण्डले आ-आफ्नो हिसावले अबलोकनकर्तालाई खुसी बनाउने प्रयास गरिरहेका छन् । धेरै नयाँ मोडल आएको र गाडीको मूल्यमा पनि राम्रै प्राइसवार चलिरहेको कारण उपभोक्ताको आकर्षण अटो एक्स्पोमा देखिएको हो ।
यस्तो छ विभिन्न स्टलमा देखिएको भिडभाड











