काठमाडौं । नाइमा नेपाल मोविलिटी एक्स्पो एक दिन थप गर्ने भएको छ । आयोजक नाइमाले अवलोकनर्ताको राम्रो उपस्थिति रहेको भन्दै एक दिन थप गर्ने निर्णय लिएको हो ।
प्रदर्शनीकर्ताहरुको माग अनुसार एक दिन एक्स्पो अवधि थप गर्ने निर्णय भएको छ । आइतबार अन्तिम दिन भनिएको थियो, अब सोमबारसम्म चल्नेछ’, नाइमा मोविलिटी एक्स्पो संयोजन कमिटिका सदस्य गौरब शारडाले भने ।
अटो एक्स्पोमा सहभागि ५० ब्राण्डले सहभागिता जनाएका छन् । गत बुधबारबाट सुरु भएको एक्स्पोको आज चौथो दिन हो । एक्स्पोमा बिक्रेताहरुले ग्राहकलाई आकर्षित गर्न एक अर्काकोभन्दा फरक, आकर्षक, कलात्मक स्टल निर्माण गरेका छन् ।
मोबिलिटी एक्स्पोमा चारपाँग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर ब्राण्ड सहभागी हुँदै छन् ।
त्यस्तै, दुईपाँग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो रहेका छन् ।
कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ सहभागी छन् ।

