काठमाडौं । केई नेपालका आधिकारिक आयातकर्ता जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ईमोबिलिटीले संयुक्त रूपमा ‘केई ग्राहक भेट र्याली’ आयोजना गरेका छन्।
शनिबार आयोजित विशेष कार्यक्रममा केईका प्रयोगकर्ताहरूले थापाथलीबाट नगरकोटको क्लब हिमालयसम्म यात्रा गरेका थिए।
र्यालीमा ५६ वटा केई गाडी र १९३ जना इन्फ्लुएन्सरसहित सहभागी थिए।यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूबीचको सम्बन्ध अझ मजबुत बनाउनुका साथै वातावरणमैत्री यात्राको प्रवद्र्धन गर्नु थियो।
सहभागीहरूले रमाइला खेलहरू, समूहगत गतिविधिहरू र प्रकृतिसँग नजिकको अनुभव लिँदै यात्रा रमाइलो बनाएका थिए।
कार्यक्रममा सीपीआर सम्बन्धी सचेतना तथा तालिम सत्र पनि सञ्चालन गरिएको थियो । जहाँ स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक ज्ञान दिएका थिए। यस तालिमले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति सहभागीहरूमा थप जागरूकता ल्याएको थियो।
कार्यक्रमको अन्त्य मनोरञ्जनात्मक प्रस्तुति र समूहगत क्रियाकलापहरूसँग सम्पन्न भयो। यस पहलमार्फत केईले ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रतिको आफ्नो दृढ प्रतिबद्धता झल्काएको छ।
सबैको निरन्तर साथ र विश्वासका साथ केईले आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना बनाएको छ ।

