काठमाडौं । चर्चित गायक तथा संगीतकार कालिप्रसाद बास्केटाले एक्सपेङ जी सिक्स ईभी लिएका गरेका छन् ।
एक्सपेङ जी सिक्सको आधिकारिक ब्राण्ड एन्डोर्सर समेत रहेका बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साको रूपमा एक्सपेङ जी सिक्स रोजेका हुन् ।
उनको यो छनोटले नवप्रवर्तन, बौद्धिकता र भविष्य केन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ ।
परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा नयाँ पुस्ताका सर्जकहरूको प्रतिनिधि हुन् ।
एक्सपेङको अत्याधुनिक एसईपीए २.० प्लेटफर्ममा निर्माण गरिएको एक्सपेङ जी सिक्सले स्लिक कुपे एसयूभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट जेन टेक्नोलोजीमार्फत प्रिमियम ईभी सेग्मेन्टमा आफूलाई अलग पहिचान दिएको छ ।
यो ८०० भोल्ट चार्जिङ आर्किटेक्चर मा बनेको ईभी हो । यसले एकपटकको फुलचार्जमा ४३५ किमीसम्मको रेन्ज दिने डब्लूएलटीपी प्रमाणित गरेको छ ।
यसमा १९० किलोवाट शक्तिशाली इलेक्ट्रीक मोटर छ । यसले ४४० न्युटन मिटर टर्क प्रदान गर्छ । उन्नत स्मार्ट प्रविधि, फास्ट चार्जिङ क्षमता तथा फराकिलो र आरामदायी इन्टेरियरले सुसज्जित एक्सपेङ जी सिक्सले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गरेको छ।
डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस-इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले एक्सपेङ जी सिक्स लाई प्रदर्शन, आराम र नवप्रवर्तनको सन्तुलित संयोजन बनाएको छ।

