कर्मा अटोमोटिभ्सले सांघाई मोटर शोमा कन्सेप्ट इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्निया वेस्ड इलेक्ट्रीक कार उत्पादक कम्पनी कर्मा अटोमोटिभ्सको स्वामित्व भने चीनको वानसिङ ग्रुपसँग रहेको छ । कम्पनीले फ्यूचर कन्सेप्ट कारबारे अध्ययन गरिरहेको छ ।
कर्माले भविष्यको कारको रुपमा पहिलोपटक टू डोर पिनिनफरिना जीटी कूपे बनाउन खोजेको छ । त्यस्तै कम्पनीले अर्को एससी–१ भिजन कन्सेप्ट पनि सार्वजनिक गरेको छ ।
कर्माले आफूले ल्याएका कन्सेप्ट केवल कन्सेप्टमात्र नरहने जनाएको छ । कम्सेप्टहरुलाई उत्पादनको रुप दिन लागि परेको कम्पनीको भनाई छ ।
यो कारको इन्टेरियर तथा एक्सटेरियर अत्याधुनिक हुनेछ, जुन किसिमले हालसम्म कुनै कार बनेको छैन । यो कारको फ्रन्ट एक्सेल र वीन्ड स्क्रिनबीचको एरिया १९३५ एच–१ रेसर एयरक्राफ्टबाट प्रभावित रहेको छ । यो अहिलेसम्मकै उत्कृष्ट फिचरले भरिएको इलेक्ट्रीक कार हुने कम्पनीले दाबी गरेको छ ।
यो कारमा ५जी सपोर्ट गर्ने इन्फोटेनमेन्ट सिस्टम हुनेछ । रोडस्टार कार ह्युम्यानाइज्ड कम्युनिकेशन सिस्टमबाट प्रभावित हुनेछ । यो कन्सेप्ट कारमा बायोमेट्रिक आइडेन्टिफिकेशन र फेसियल रिकग्निजेसन सिस्टमसमेत रहेको छ ।
कम्पनीले अहिलेसम्म यो कारको पावर, माइलेज लगायतका विषयमा केही खुलाएको छैन ।


