यो हो १ करोड १५ लाख रुपैयाँको नयाँ बाइक, यस्ता छन् विशेषता

अक्टोबर ४ तारिकबाट फ्रान्सको पेरिसमा जारी ‘पेरिस अटो शो’मा जापानीज कम्पनी कवासाकीले आफ्नो नयाँ बाइक प्रदर्शनीमा राखेको छ । कम्पनी उक्त अटो शोमा नयाँ निन्जा ‘एच२आर’ सुपरबाइक प्रदर्शनमा राखेको हो । 

यो बाइकको अन्तर्राष्ट्रिय बजारमा १ लाख डलर अर्थात् करिब १ करोड १५ हजार रुपैयाँ रहेको जनाएको छ । यदि यो बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य २ करोड ७० लाख रुपैयाँ भन्दाबढी पर्नेछ । 

निन्जा एच२आर सुपरबाइकमा ४ स्टोर्क, ४ सिलिन्डर लिक्विड कुल्ड ९९८ सीसी क्षमताको इन्जिन रहेको छ । यो बाइकमा ६ गिएरको ट्रान्समिसन दिइएको छ भने यसमा १७ लिटरको फ्युल ट्याङ्की दिइएको छ । कम्पनीका अनुसार बाइकले प्रतिलिटर १५ किलोमिटर माइलेज दिने छ । 


Back_to_top