काठमाडौं । कावासीकाले भारतीय बजारमा सस्तो मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले कावासाकी डब्लू १७५ स्ट्रीट १७५ सार्वजनिक गरेको हो ।
कम्पनीले यसअघि सार्वजनिक गरेको डब्लू १७५ को तुलनामा सस्तो भेरियन्ट ल्याएको हो ।
कम्पनीले गत वर्ष सार्वजनिक गरेको डब्लू १७५ मा आधारित स्ट्रीट मोडल ल्याएको हो । यो पहिलेको तुलनामा १२ हजार रुपैयाँले सस्तो रहेको छ । पुरानो मोडलको तुलनामा नयाँ मोडला धेरै फिचरहरु थप गरिएको छ ।
कम्पनीले डब्लू १७५ को एक्स सोरुम मूल्य १ लाख ३५ हजार रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरैसँगै यो कावासाकीको सबैभन्दा सस्तो मोटरसाइकल भएको छ ।
कम्पनीले १७५ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनलाई नै निरन्तरता दिएको छ । यो इन्जिनले ७ हजार आरपीएममा अधिकतम १३ बीएच पावर तथा ६ हजार आरपीएममा १३.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यसको केही दिनमा नै बुकिङ खुल्ला गर्ने जनाएको छ भने यसको डेलिभरी यही महिनाको अन्तिमसम्ममा तय हुने कम्पनीको भनाई छ ।


