काठमाडौं । कायो डर्ट मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक शुवानी इन्टरनेसनलले नयाँ अफर ल्याएको छ । कम्पनीले डर्ट मोटरसाइकल के६ मा नगद छुट स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले कायो के६ किन्ने ग्राहकलाई नगद ५० हजार रुपैयाँ छुटको स्कीम ल्याएको हो । यो स्कीम असर अन्तिमसम्मको लागि मात्र भएको जनाएको कम्पनीले छ ।
नेपाली बजारमा ६ लाख ५० हजार रुपैयाँ तोकिएको यो मोटरसाइकलमा नगद ५० हजार रुपैयाँ छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यसका साथै यो योजनामा सहभागि ग्राहकमध्ये एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एक लाखसम्म क्यास ब्याक जित्न सक्नेछन् ।
कायो के६ मा २४९.६ सीसी सिगंल सिलिन्डर, ४ भल्भ, ४ स्ट्रोक इएफआइ इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा ३३ बीएच पावर तथा ७००० आरपीएममा २३ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले यस मोटरसाइकलको टेष्ट राइड खुल्ला रहेको जनाइएको छ । महारागन्जमा रहेको शोरुममा गएर ग्राहकले यो मोटरसाइकल चलाएर अनुभव गर्न सक्नेछन् ।

