काठमाडौं । अमेरिकी नागरिक केन रुटोस्कीले रारा जाने कर्णाली राजमार्गको दयनिय र डरलाग्दो सडकको भिडियो टुईटर मार्फत सार्वजनिक गरेपछि त्यो भिडियो अहिले भाइरल बनेको छ ।
गएको वर्षातको समयमा रारा जाँदा पानीमा गाडी हिँडेको भिडियो सार्वजनिक गरेपछि यो समाचार तयार गर्दासम्म ७९ हजारभन्दा बढीले उक्त भिडियो हेरेका छन् । भने २ हजारभन्दा बढिले रिटुइट गरेका छन् । त्यस्तैगरी ३ हजार १ सय २९ लाइक रहेको छ ।
अमेरिकको मेटल इन्टरनेशनल एन्ड सिन्डिकेट रेडियोमा टक शो कार्यक्रम चलाउने केन रुटोस्कीले उक्त भिडियो टुइटरमा पोष्टगर्दै ‘नेपालमा रहेको विश्वकै डरलाग्दो सडक’ भनेर भिडियो राखेका छन् । जसमा सयाैंको संख्यामा विदेशी नागरिकहरुले रिप्लाइ गरेका छन् ।
कर्णाली राजमार्ग अन्र्तगतको सडकमा ठूलो पानीको भेल बगेको र सोही बगेको पानीमा गाडी चलाएको भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोलाई कतिले नेपाललाई सुन्दर, प्राकृतिक विविधता र साहासिक गन्तव्य भनेर पनि चित्रण गरेका छन् ।
भिडियो उनको टुईटर एकाउन्टबाट लिइएको हो ।