कियाको ‘क्लाभिस’ ईभीभन्दा पहिला पेट्रोल आउने

काठमाडौं । दक्षिण कोरियाको चर्चित कार निर्माता किया मोटर्सले भारतीय बजारमा नयाँ एसयूभी परिक्षण गरिरहेको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउन लागेको क्लाभिस एसयूभीको चर्चा बढ्दै गएको हो ।

कम्पनीले इलेक्ट्रीक र पेट्रोलियम पदार्थ दुबैबाट चल्नेगरी ल्याउन लागेको क्लाभिस अहिले परिक्षण चलिरहेको तस्बिरहरु बाहिर आएका छन् । किया सोनेट र सेल्टोसको बीचमा मूल्य रहनेगरी आउने क्लाभिसमा एडास फिचर पाउन सकिन्छ ।

एडासको अलावा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेन्मेन्ट सिस्टम, टच स्क्रीन डिस्प्ले, पार्किङ सेन्सर, पानारोमिक सनरुफ, सबै एलइडी लाइट, एलइडी डिआरएल पाउन सकिन्छ ।

अपराइट बक्सी डिजाइनमा तयार भएको एसयूभीमा ३६० डिग्री क्यामेरा पनि रहने छ । त्यस्तै, यसमा १६ इन्चको डाइमण्ड कट अलोय ह्वील, एमआरएफ टायर, एयरब्याग, चारवटै चक्कामा डिस्क ब्रेक, एबीएस र टायर प्रेसर मनिटरिङ्ग सिस्टम जस्ता सुरक्षा फिचर समावेस हुनेछ ।

मनोरन्जनका लागि बोसको अडियो सिस्टम, भेन्टिलेटेड फ्रन्ट सीट, ड्राइभ मोड, ट्रयाक्सन मोड, लेदरेट अपहोलेस्ट्री, क्लाइमेट कन्ट्रोल सिस्टम पनि क्लाभिसमा रहनेछ ।

किया क्लाभिसमा १.२ लिटर नेचुरल एस्पीरेटेड इन्जिन र १.० लिटर टर्बो पेट्रोल इन्जिनसँग अटोमेटीक र म्यानुअल गियरबक्स रहनेछ ।

क्लाभिसको पेट्रोल भर्सन सन् २०२४ को अन्तिममा ईभी भर्सन भने सन् २०२५ को मध्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ ।


Back_to_top