सात दिनपछि कियाको ईभी-५ सार्वजनिक हुँदै

काठमाडौं । किया मोटर्सले गत मार्चमा आफ्नो फ्ल्यागसीप ईभी-९ एसयूभी बिक्री सुरु गरेसँगै ईभी-५ को कन्सेप्ट देखाएको थियो । ७ दिनपछि अगस्ट २५ तारिखबाट आयोजना हुने चेन्दु मोटर शोमा ईभी-५ सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीले सार्वजनिक गर्नुअघि नै इन्टरनेटमा ईभी-५ को तस्विरहरु लिक भएका छन् । चाइनाको मिनीस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नलोजीले यसको तस्विर सार्वजनिक गरेको हो । यो एसयूभी कियाको क्रसओभर ईभी-६ भन्दा सानो साइजमा उपलब्ध हुनेछ ।

कियाको ईभी-९ जस्तै ईभी-५ पनि ‘अपोजीट्स यूनाइटेड’ डिजाइन फिलोसोफिमा आधारित रहेको छ । नयाँ स्टाइलको ईभीमा कियाको परम्परागत टाइगर नोज डिजाइनको सट्टामा डिजिटल टाइगर फेस फ्रन्ट फेसिया पाउन सकिन्छ ।

आकर्षक हेडलाइट तथा व्याक लाइटको डिजाइन भएको ईभी-५ मा प्यानरोमिक सनरुफ रहेको छ । यसको बल्की सेप र डिजाइनमा प्रयोग भएको कर्भले ईभी-५ लाई स्पोर्टी लुक्स दिएको छ । यसको एक्टेरियरको तस्विरहरु वाहिर आएता पनि इन्टेरियर भने केहि देखिएको छैन ।

किया ईभी-५ कम्पनीको डेडिकेटेड ईभी प्लेटफर्म इजीएमपी आर्किटेक्चरमा बनेको तेस्रो मोडल हो । यो ईभी सानो साइजमा भएकोले मूल्य कम राख्नका लागि ८०० भोल्ट आर्किटेक्चरको सट्टामा ४०० भोल्टमा यसलाई बनाइएको छ ।

पाँच सिट क्षमताको यो एसयूभीको लम्बाई ४६१५ एमएम, चौडाई १८७५ एमएम र उचाई १७१५ एमएम छ । यसमा २८५० एमएमको ह्वीलवेस रहनेछ ।

किया ईभी-५ मा ८२ किलोवाट आवरकोे ब्याट्री प्याक रहने सम्भावना छ, जसले ६०० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । यसमा १६० किलोवाटको इलेक्ट्रीक मोटर छ ।

यसलाई कम्पनीले अल ह्वील ड्राइभ भर्सन पनि ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top