नेपालमा भर्खर आएको ईभी६ को फेसलिफ्ट भर्सन परिक्षणमा

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी कियाले ईभी–६ नेपालमा भर्खरै बिक्री सुरु गर्ने तयारी गरेको छ । गत नाडा अटो शोमा बुकिङ खुल्ला गरेको स्पोर्टी क्रसओभर ईभी-६ अन्तर्राष्ट्रिय बजारमा भने फेसलिफ्ट परिक्षणमा देखिएको हो ।

नेपालमा सुरुवाती मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ तोकेर यसको बिक्री सुरु भएको छ । सन् २०२१ को मार्चमा ग्लोबल डेब्यू गरेको ईभी-६ ले सन् २०२२ को ‘यूरोपियन कार अफ दी इयर’ अवार्ड समेत पाएको थियो ।

लन्च भएको करिब ३ वर्षमै किया मोटर्सले ईभी–६ को फेसलिफ्ट मोडल ल्याउने भएको हो । अन्तर्राष्ट्रिय बजारमा परिक्षण भइरहेको फेसलिफ्ट ईभी-६ को फेसियामा ठूलो परिवर्तन भएको देखिन्छ । यो कार कियाको फ्ल्यागसिभ ईभी-९ मोडलबाट धेरै प्रभावित भएर तयार गरिएको हो ।

यसको हेडलाइट अहिलेको होरिजेन्टल सेपबाट परिवर्तन भई भर्टिकल डिजाइनमा तयार गरिएको छ । नयाँ अलोय ह्वीलका साथै बडी प्यानलमा फरक प्रकारको लाइनीङ प्रयोग भएको छ । यसको फ्रन्ट र रियर बम्परमा पनि धेरै परिवर्तन भएको देखिन्छ ।

नयाँ किया ईभी-६ को इन्टेरियरमा खासै परिवर्तन नहुने बताइन्छ । यसको पावरट्रेनमा भने परिवर्तन हुनेछ । कियाले यसमा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ ।

यसको रियर ह्वील ड्राइभ सिंगल मोटरले १६८ हर्सपावर तथा ३५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । अल ह्वील भर्सनले ३२१ हर्सपावर तथा ६०५ न्यूटन मिटरको टर्क जेनेरेट गर्नेछ ।


Back_to_top