काठमाडौं । किया ईभी-६ नेपालमा बिक्री सुरु भएको छ । कन्टिनेन्टल ट्रेडिङले बिक्री वितरण गर्दै आएको कियाको इलेक्ट्रीक क्रसओभर मोडल ईभी-६ स्पोर्टीसँगै आकर्षक डिजाइनमा पाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा थुप्रै अवार्ड जित्न सफल ईभी-६ ठूलो ब्याट्री प्याकसहित नेपाल आएको कारण ५२८ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । यो रेन्ज नेपालमा उपलब्ध ईभी मध्येकै सबैभन्दा धेरै हो । यसले जो कोहीलाई लोभ्याउने छ ।
रेन्ज उत्कृष्ट भएपनि यसमा केही फिचर छैनन् । आजकल ४० लाख मूल्य कै विद्युतीय गाडीमा पनि पाउन सकिने ३६० डिग्री क्यामेरा सबैभन्दा पहिला गाडी हेर्नेले ‘मिस’ गर्नेछन् । १ करोड २५ लाख ९० हजार मूल्य रहेको आधुनिक इलेक्ट्रीक कारमा नै ३६० डिग्री क्यामेरा नपाउँदा ग्राहक खिन्न बन्नेछन् ।

किया ईभी ६ को ड्यासबोर्ड उत्कृष्ट लाग्छ । तर, सेन्टर कन्सोल र त्यसको बनोट केही पृथक छ । जसले नौलो अनुभब दिएपनि ‘कन्जस्टेड’ लाग्छ ।






