काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सले मिडसाइज एसयूभी किया सेल्टोसको नयाँ जेनेरेशन मोडल अर्को साता सार्वजनिक गर्ने भएको छ ।
कियाले यही डिसेम्बर १० तारिखमा किया सेल्टोसको सेकेण्ड जेनेरेशन मोडल कोरियामा लन्च गर्ने भएको हो ।
सेल्टोसको भारतीय उत्पादन भने सन् २०२६ को मध्यसम्ममा हुने अनुमान गरिएको छ ।
किया मोटर्सले नयाँ जेनेरेशन किया सेल्टोसको टिजर समेत सार्वजनिक गरेको छ । टिजरमा देखिए अनुसार नयाँ सेल्टोसमा आक्रामक टाइगर फेस डिजाइनको फेसिया रहेको छ ।
यो एसयूभीमा ठूलो साइजको ग्रिल र सार्प एलईडी लाइटहरू देखिएको छ । यसको फ्रन्टमा होरिजेन्टल स्प्लीट लाइट, भर्टिकल सेपको डीआरएल, सिल्भर कलरको स्कीडप्लेट आदि रहेको छ ।
कियाले सेल्टोसमा एलईडी वेलकम एनिमेसन, पानारोमिक सनरुफ, फ्लस डोर ह्याण्डल, ब्ल्याक्ड आउट पिल्लर ब्ल्याक क्लाइडिङ, व्ल्याक कलरको रुपरेल, नयाँ डिजाइनको अलोय ह्वील आदि फिचर रहेको छ ।
कियाको नयाँ सेल्टोसमा एलईडी लाइटबार, स्लीक स्पोइलर, सिल्भर कलरको स्किडप्लेट आदि रहेको छ । कम्पनीले नयाँ कियाको पावरट्रेनमा भने कुनै परिवर्तन गर्ने संकेत दिएको छैन ।
किया सेल्टोसले मिडसाइज सेग्मेन्टमा हुन्डाई क्रेटा, टाटा सियरा, मारुती सुजुकी भिक्टोरिस, फक्सवागेन टाइगुन, स्कोडा कुशक देखि छिटै लन्च हुन लागेको रेनो डस्टर र निसान टेकटनसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

