काठमाडौं । किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक इन्टर कन्टीनेन्टल ट्रेडिङले किया सेल्टोसको बुकिंङ खुल्ला गरेको छ । कम्पनीले नेपालको फेस्टिभ सिजनमा सार्वजनिक गर्ने तयारी गरिएको एसयुभीको बुकिंङ खुल्ला गरेको हो ।
ग्राहकले पाँच हजार रुपैयाँ तिरेर सेल्टोस बुकिङ गर्न सक्नेछन् । सेल्टोसलाई संभावित, दशैं र तिहारको बीचमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यो कार बुकिङ गरेका ग्राहकलाई मन नपरेको खन्डमा दश हजार रुपैयाँ फिर्ता गर्ने कम्पनीले बताएको छ ।
भोलिदेखि सुरु हुने नाडा अटो सोमा किया सेल्टोस बुकिङ गर्न सक्नेछन् । यसको सुरुवाति मूल्य ४३ लाख ९० हजारदेखि निर्धारण हुने अनुमान गरिएको छ ।
कियाको नयाँ एसयूभी सेल्टोसले टाटा एच५, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ ।
यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।
यो एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुने छ ।

