काठमाडौं । कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ अन्तर्गतको जाउलाखेल डिलरले सेल्टोसमा विशेषश अफर ल्याएको छ । किया जाउलाखेललले ल्याएको अफरमा सेल्टोस किन्ने ग्राहकले ८ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर बाँकी रकम १० वर्षे किस्तामा किन्न सक्ने छन् ।
कम्पनीले ल्याएको अफरमा कर्जा लिदा ग्राहकले ९.९ प्रतिशत व्याज तिर्नु पर्ने जनाएको छ । अहिले बिक्री भइरहेको सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ रहेको छ । यही मोडल किन्ने ग्राहकले ८ लाख ९९ हजार डाउन पेमेन्ट बुझाएर गाडी किन्न सक्ने छन् ।
किया सेल्टोसको टप भेरियन्ट एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ रहेको छ । सबै भेरियन्ट कम डाउन पेमेन्टमा ग्राहकले खरिद गर्न सक्ने छन् ।

यस्तो छ सेल्टोस
कियाले विभिन्न ६ भेरियन्टमा बिक्री गर्दै आएको सेल्टोसमा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन रहेको छ ।
उत्कृष्ट डिजाइन, आकर्षक इन्टेरियरको कारण यो एसयूभी अहिले नेपाली बजारमा चर्चामा रहेको छ ।
किया सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ । यो एसयूभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।
१७ इन्च अलोय ह्वील, स्टाइलिस एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्पले एसयूभीलाई उत्कृष्ट बनाएको छ ।

