किया सेल्टोसको ‘आयल पम्प कन्ट्रोलर’मा समस्या आएपछि…

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया भारतमा उत्पादन गरेको किया सेल्टोसको ‘आयल पम्प कन्ट्रोलर’मा समस्या आएसँगै कम्पनीले रिकल गरेको छ । कम्पनीले आफ्नो एउटा भेरियनटमा समस्या देखिएको भन्दै त्यसलाई ठिक गर्न कम्पनीले ग्राहकलाई भनेको हो ।

सन् २०२३ को फेब्रुअरी २८ तारिखदेखि जुलाई १३ तारिखसम्म उत्पादन भएर बिक्री वितरण गरेको ‘पेट्रोल आइभीटी गियरबक्स’ भएको मोडल किल गरेको हो ।

अहिले कम्पनीले भारतमा बिक्री वितरण भएको ४ हजार ३५८ वटा सेल्टोस बनाउन फिर्ता बोलाएको छ । फिर्ता बोलाइएका सबै गाडीमा कम्पनीले निःशुल्क ‘इलेक्ट्रोनीक आयल पम्प कन्ट्रोलर’ परिवर्तन गरेर दिने जनाएको छ ।

कम्पनीका अनुसार यो देखिएको समस्या अत्यन्त सामान्य हो । तथापि, यसकै कारण गाडीको पर्फमेन्समा केही कमी हुनसक्ने भएको कारण समास्या समाधान गर्न कम्पनीले रिकल गर्ने निर्णय लिएको हो ।


Back_to_top