काठमाडौं । किया मोटर्सको सबकम्प्याक्ट एसयूभी सोनेटको फेसलिफ्ट भर्सन आउने भएको छ । कियाले आगामी डिसेम्बर १४ तारिख सोनेटको फेसलिफ्ट अनावरण गर्ने भएको हो ।
डिसेम्बरमा अनभिल गरे पनि यसको बिक्री भने अंग्रेजी नयाँ वर्ष २०२४ को सुरुआतबाट मात्र हुनेछ । कियाले सोनेट फेसलिफ्टको मेकाइनिक पार्टस्मा केही परिवर्तन गरेको छैन । तर, एक्टेरियर र इन्टेरियर डिजाइनमा भने धेरै अपडेट गरेको छ ।
कियाले चाइनामा फेसलिफ्ट मोडल लन्च गरिसकेको छ । यसका फ्रन्ट र रियर बम्परमा निकै नै परिवर्तन गरिएको देखिन्छ । रिडिजाइन ग्रिल, परिवर्तित हेडल्याम्प र नयाँ ड्रपडाउन एलईडी डीआरएल, नयाँ डिजाइनको अलोय ह्वील, नयाँ र्याप अराउण्ड टेललाइट सेटअप, कनेक्टेड एलईडी लाइटबार यसमा भएका बाहिरी परिवर्तन हुन् ।
यसको इन्टेरियरमा भने ड्यासबोर्डमा केही परिवर्तन भएको देखिन्छ । यसको एसी कन्ट्रोलको स्वीचमा पनि सामान्य परिवर्तन भएको छ । यसमा पनि सोनेट फेसलिफ्टामा जस्तै कनेक्टेड इन्फोटेन्मेन्ट तथा ड्राइभर इन्फर्मेसन स्क्रीन हुने सम्भावना रहेको छ ।
भेन्यू र कार्नेसमा जस्तै अपडेटेड डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर हुनेछ । साथै हुन्डाई भेन्यूमा जस्तै एडास तथा ६ वटा एयरब्याग नयाँ सोनेटमा हुने अनुमान गरिएको छ ।
सोनेट फेसलिफ्टमा १.२ लिटर तथा १.० लिटरको टर्बो पेट्रोल तथा १.५ लिटरको डिजल इन्जिन हुनेछ । सोनेटमा ५ स्पीड म्यानुअल, ६ स्पीडको आइएमटी तथा ७ स्पीडको ड्युलक्लच र ६ स्पीडको अटोमेटिक गियर अप्सन हुनेछ ।

