काठमाडौं । मोटरसाइकल जति फिचरहरु थप हुँदै जान्छ त्यती नै मूल्य बढ्दै जान्छ । बीएस ६ स्याण्डर्डका मोटरसाइकल आउन सुरु भएसँगै मोटरसाइकलको मूल्य लगातार उकालो लागि रहेको छ ।
यस्तो अवस्थामा नेपालमा १२५ सीसी मोटरसाइकलको मूल्य नै ३ लाख माथि पुगिसकेको छ ।
एक वर्ष अघिसम्म १०० सीसी सेग्मेन्टका मोटरसाइलहरु धेरै २ लाखभन्दा कम मूल्यमा उपलब्ध हुँदै आएको थियो भने अहिले २ लाखभन्दा कम मूल्यमा कुनैपनि मोटरसाइकल किन्न नसकिने भएको छ ।
आज हामीले नेपाली बजारमा पाइने सबैभन्दा कम मूल्यमा तीन मोटरसाइकलको बारेमा चर्चा गरेका छौं ।
१.टीभीएस रेडन
टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले विक्री गर्ने टीभीएस रेडनमा १०९.७ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ६३५० आरपीएममा ८.० पीएस पावर र ४५०० आरपीएममा ८.७० एनएम टर्क जेनेरेट गर्छ । यसमा रहेको इन्जिन सिंगल सिलिण्डर, एयरकुल्ड, फोर स्ट्रोक, बीएस फोर मापदण्डको हो ।
यो मोटरसाइकलको मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ रहेको छ ।
२. बजाज प्लाटिना १०० इएस
बजाजको आधिकारिक विक्रेता हसंराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्ने बजाज प्लाटिना १०० इएस निकै किफायती मोटरसाइकल हो । यसले प्रतिलिटर ७५ किलोमिटरसम्म माइलेज प्रदान गर्ने प्रयोगकर्ताहरूको भनाइ छ ।
कम्पनीले यसमा ९९.२७ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८.३ बीएच पावर तथा ७.७ एनएम टर्क जेनेरेट गर्छ ।
यसको मूल्य २ लाख २ हजार ९०० रुपैयाँ पुगेको छ ।
३. होन्डा सीडी ड्रिम
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले विक्री गर्ने २ लाख हाराहारीको मोटरसाइकल सीडी ड्रिम रहेको छ ।
सीडी १०० ड्रिम डीएक्समा १०९ सीसी इन्जिन रहेको छ । यो इन्जिलने ७ हजार ५ सय आरपीएममा ८.२५ बीएच पावर तथा ५ हजार ५ सय आरपीएममा ८.६३ एनएम टर्क जेनेरेट गर्छ ।
यसको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ ।

