किया सिरोस ईभीमा पनि आउने

काठमाडौं । कियाले केही दिन अगाडि मात्रै ग्लोवल डेब्यू गरेको सिरोस एसयूभीलाई इलेक्ट्रीकमा पनि ल्याउने भएको छ । कम्पनीले पेट्रोल मोडल बिक्री सुरु गरेको एक वर्ष भित्रै सिरोसको इलेक्ट्रीक मोडल पनि ल्याउने भएको हो ।

बाहिर आएको रिपोर्ट अनुसार सिरोस ईभी सन् २०२६ को पहिलो क्वाटरमा बजारमा आउने छ । हुन्डाई मोटर ग्रुपको ‘के–वान’ प्लेटफर्ममा बन्ने सिरोस ईभी हुन्डाई इन्स्टर ईभी जस्तै हुने अनुमान गरिएको छ ।

हुन्डाईले इन्स्टर ईभीमा प्रयोग गरेको ४२ र ४९ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री सिरोस ईभीमा पनि रहने छ । जसको डब्लूएलटीपी रेन्ज ३०० र ३५५ किलोमिटर हुनेछ ।

अहिले नै आफ्नो ईभी सिरिजको ईभी-थ्रीकै फ्रन्ट लुक्स दिइएको सिरोस एसयूभी फिचरका आधारमा पनि अब्बल छ । ४ मिटर लम्बाइ भएको सिरोस एसयूभीमा १७ इन्चको अलोय ह्वील, एम्बियन्ट लाइट, अटोमोटिक क्लाइमेट कन्ट्रोल, क्लाइमेट कन्ट्रोल एड्जस्ट गर्न ५ इन्चको टच स्क्रीन, १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

कियाले सिरोसमा आफ्नो २.० कार कनेक्टिभिटी, एयर प्यूरिफायर, स्मार्ट ड्यासक्याम्प, सबै भ्यान्टिलेटेड सिट, अटोमेटिक आइआरभीम, स्मार्ट फोन वायरलेस चार्जर, फोर-वे पावर्ड ड्राइभर सिट, अगाडि र पछाडि नै पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटर र लेभल टु एडास फिचर उपलब्ध गराएको कारण यी सबै फिचर सहजै ईभी भर्सनमा उपलब्ध हुनेछ ।


Back_to_top