शासकको सवारीः राजा त्रिभुवनको कार पुनः बनाउन ५ करोड ५० लाख खर्च गरियो

काठमाडौं । नेपालमा पहिलो पटक कार चढ्ने शासक राजा त्रिभुवन थिए । उनले चढ्ने कार सन् १९४० मा तत्कालीन जर्मनका नाजी शासक एडफ हिटलरले उपहार स्वरुप प्रदान गरेका थिए । 

जर्मन शासकले नेपालका राजा त्रिभुवनलाई उपहार स्वरुप पठाएको कार नै नेपाल भित्रीएको पहिलो आधिकारीक कारको रुपमा लिने गरिएको छ । सो कार जर्मन कम्पनी मर्सिडिज बेन्जले बनाएको हो । 

तत्कालीन समयमा हेटौडाबाट काठमाडौं आउने मोटर बाटो थिएन । त्यति बेला मानिसहरुको सवारीसाधन भनेको घोडा वा पैदल नै थियो । त्यति बेलाका शासक पनि काठमाडौ तराई पैदल, घोडामा वा मानिहरुलाई बोकाएर आवत जावत गर्ने गर्थे । त्यति बेला उक्त कार काठमाडौं ल्याउन दर्जनौ मानिसहरुले महिनौ लगाएर बोकेर ल्याइएको थियो । 

कारको खोल्न मिल्ने चक्काहरु तथा पार्टसहरु खोलेर कारलाई सकेसम्म हलुका बनाई छुट्टा–छुट्टै पार्टस बोकेर ल्याइएको थियो । सयौ केजी तौल भएको सो कार काठमाडौ ल्याउन बाँसको नोलको खटिया बनाएर त्यसमाथि राखेर ल्याइएको हो । 

कार हेटौडासम्म गुडाएर र त्यहाँबाट भिमफेदी–चित्लाङ्ग हुदै चन्द्रागिरि, थानकोट हुँदै  ल्याइएको थियो । राजा त्रिभुवनले त्यो कार आफ्नो जीवनभर चडेका थिए । 

सन् २०१० मा त्यो कार र त्रिभुवनको बग्गीलाई रिमेक गरेर म्युजिएममा राख्न करिब ५ करोड ५० लाख रुपैयाँ खर्च गरिएको संस्कृत तथा पर्यटन मन्त्रालयले जनाएको थियो । 


Back_to_top