मारुती सुजुकीको एक्सएल ६ दुई भेरियन्टमा उपलब्ध, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटो कर्पले नाडा अटो शो २०१९मा नयाँ एमपीभी एक्सएल ६ को दुई भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको थियो । फरक स्टाइल, आकर्षक फिचर तथा पावरफुल इन्जिन समेटिएको एक्सएल ६ नेपालमा जेटा र अल्फागरि दुई भेरियन्टमा उपलब्ध रहेको छ । 

भारतीय बजारमा भने कम्पनीले यसलाई चार भेरियन्टमा बिक्री वितरण गर्दै आएको छ । 

एक्सएल–६ मा उपलब्ध के१५बी स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनले ६ हजार आरपीएममा १०४.७  पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । 

यो एमपीभीको लम्बाई ४४४५ एमएम, चौडाई १७७५ एमएम, उचाई १७०० एमएम रहेको छ । यसमा २७ सय एमएमको ह्वीलवेश दिइएको छ । 

एआरएआईका अनुसार यसमा दिइएको १४६२ सीसीको इन्जिनले प्रतिलिटर १९.०१ किलोमिटर माइलेज प्रदान गर्ने छ । 

कुन भेरियन्टमा कस्तो फिचर ?

जेटा भेरियन्टमा सिटबेल्ट, एबीएससँगै इबीडी, रियर पार्किङ सेन्सर, स्पीड वार्निङ सिस्टम, हाइट एडजस्टेबल फ्रन्ट सिटवेल्ट, आइएसओ फिक्स चाइल्ड सिट, सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ क्यामरा लगायतका विशेषता दिइएको छ । यसको नेपाली बजारमा ४६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

त्यसैगरि अर्को मोडल अल्फामा लेदर सिट, अलोय ह्वील, आउट साइड रियर भ्यु  मिरर, सेन्ट्रल लकिंग, इन्जिन इमोबिलाइजर, फ्रन्ट फगल्याम्प, ब्रेक असिस्ट, एबीएस, इबीडी लगायतका विशेषता दिइएको छ । कम्पनीले अल्फा मोडलको मूल्य ४७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ ।

यी दुबै मोडलमा इन्र्टग्रेटेड एलइडी डे टाइम रनिंग ल्याम्प, नयाँ बम्पर, क्रोम ट्रिटमेन्ट, दुई ओटा होरीजेन्टल क्रोम लाइट दिइएको छ । 

मेसिन फिनीश अलोय ह्वील, टेल लाइट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामरा, स्टेयरिंग माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता विशेषताले दुबै भेरियन्टलाई फिचर लोडेड मोडल मान्न सकिन्छ । 

कम्पनीले दुबै मोडलमा ७ इन्च इन्फोटेनमेन्ट सिस्टसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको बिशेषता दिइएको छ भने एलइडी हेडल्याम्प र एलइडी डीआरएलएस, क्रुज कन्ट्रोको फिचर समेटिएको छ ।  


Back_to_top