काठमाडौं । कोमाकी इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले कोमाकी भेनिस इको नेपाल भित्र्याएको हो ।
कोमाकी इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी यूनिटी ट्रेडिङ कन्सर्नले २ लाख ५९ हजार रुपैयाँ निर्धारण गरे भेनिस इकोको बुकिङ लिन सुरू गरको हो ।
कम्पनीले नेपाल भित्र्याएको भेनिस इकोमा १.५ किलोवाट रेटेड पावर क्षमताको मोटर दिइएको छ । यो स्कुटरमा लिफेपो ब्याट्री दिएको छ भने, यो ब्याट्रीको चार्जिङ सर्कल २ हजारभन्दा धेरै रहेको छ । यो स्कुटमा रहेको ब्याट्रीलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी रहेको छ । यसलाई फुलचार्ज गर्न ४ घण्टा समय लाग्छ ।
यो स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, फ्रन्ट स्टोरेज, एलईडी लाइट्स, टीएफटी स्क्रीन जस्ता फिचर उपलब्ध छ । यो स्कुटरमा इको, कम्फर्ट, स्पोर्टस र टर्बो गरी ४ मोड रहेको छ ।


