केटीएमका दुई मोटरसाइकलको मूल्य ५० हजारले घट्यो

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत २०० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलमै २० प्रतिशत अन्तःशुल्क घटाएपछि केटीएम मोटरसाइकलको मूल्य घटेको छ । कम्पनीले अहिले बिक्री गर्दै आएको दुई मोटरसाइकलको मूल्य घटाएको हो ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले केटीएम २५० एड्भेन्चर र ड्यूक २५० को मूल्य घटाएको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार यी दुबै मोडलका मोटरसाइकलमा ५० हजार रुपैयाँले मूल्य घटेको हो ।

एड्भेन्चर २५० को पुरानो मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै २५० ड्यूकको मूल्य ५० हजार रुपैयाँले कम भएर ७ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको हो ।

कम्पनीले अन्य मोडलको नयाँ मूल्य भने सार्वजनिक गरेको छैन ।


Back_to_top